सुनको मूल्य तोलाको ८० हजार पुग्ने अनुमान

७ फागुन ७६, बिहीबार

८ फागुन, काठमाडौँ । चीनमा  फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै गएको थियो ।

अहिले भने कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय व्यापार प्रभावित भएपछि विश्वबजारमै सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । साथै, आगामी दिनमा सुनको मूल्य थप बढ्न सक्ने महासंघको अनुमान छ ।

मंगलवार विश्व बजारमा सुनको मूल्य प्रतिऔंस (२.६६ तोला) १५८७ डलर थियो । तर बुधवार भने त्यो बढेर प्रतिऔंस १६०८ डलरसम्म पुगेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य प्रतितोला ७७ हजार १०० पुगेको छ, जुन हालसम्मकै महँगो हो ।

Advertisement

नेपालले अन्तरराष्ट्रिय बजारबाटै सुन आयात गर्ने हो । नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजार अनुसार नै निर्धारण हुन्छ र अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ । यसअघि सुनको मूल्य माघ १९ गते प्रतितोला रू. ७६ हजार ५०० पुगेर नयाँ रेकर्ड राखेको थियो । त्यसपछि भने रू. ७५ हजारको हाराहारीमा झरेको थियो । अहिले भने उक्त विन्दु पनि तोडेर नयाँ कीर्तिमान राखेको छ ।

महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले नेपालमा सुनको मूल्य प्रतितोला रू. ८० हजारसम्म पुग्ने अनुमान गरिएको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा   मिलन विश्वकर्माले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top