सुनाकोठीको सडकमा ग्राभेलको काम सुरु, पिच नहुँदासम्म आन्दोलन नरोकिने

१९ कात्तिक ७७, बिहीबार

२० कात्तिक, ललितपुर । स्थानीय बासिन्दाको दबाबपछि ललितपुरको सुनाकोठी क्षेत्रमा ठेकेदारले सडकमा ग्राभेलको काम थालेको छ ।

पिच नहुँदासम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको दबाबपछि ठेकेदारले हिजो बेलुकी ग्राभेल ल्याएर काम सुरु गरेको हो । तर पिच नगर्दासम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको भनाइ छ ।

ललितपुरका प्रदेशसभा सदस्य राजकाजी महर्जनले स्थानीय बासिन्दाको माग सम्बोधनका लागि सम्बन्धित निकायलाई झक्झकाउने काम गरिरहेको बताए । ठेकेदारले हिजो ग्राभेल झारेर काम गरेजस्तो गरे पनि सडक पिच नै हुनुपर्ने र यसको लागि निरन्तर दबाब दिने काम भइरहेको उनको भनाइ छ ।

Advertisement

ललितपुर महानगरपालिकाको वडा नम्बर २७ मा पर्ने सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म गाडी चलाउन रोक लगाएका छन् । तर अत्यावश्यक सामग्रीका गाडीलाई भने चल्न दिइएको छ । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीय बासिन्दाको आरोप छ ।

सडक मर्मत गरी कालोपत्रे गर्न स्थानीय बासिन्दाले पटक(पटक आग्रह गरे पनि ठेकेदारले बेवास्ता गर्दै आएका छन् । ८ मिटर चौडा रहेको सडक २२ मिटर चौडा गर्न पनि ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता छ । यो सडक बनाउने जिम्मा शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

Advertisement

यो कम्पनीका प्रोप्राइटर शारदाप्रसाद अधिकारीको बेवास्ताका कारण सकस झेल्न बाध्य भएको स्थानीय बासिन्दाले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top