इनरुवा : सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताको विजेता भैँसीलाई भैँसी उपहार प्रदान गरिएको छ ।
कोशी कटानमा सम्पन्न प्रतियोगितामा प्रतिस्पर्धा गराईएका ९० वटा भैँसी मध्ये छनौटका आधारमा उत्कृष्ट ठहरिएको सुन्दरी भैँसीका धनी विन्देश्वर इशरालाई प्रथम पुरस्कारबापत लैनो भैँसी प्रदान गरिएको हो । सो भैँसी १ लाख ५० हजारमा खरिद गरिएको थियो ।
प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोईरालासहित इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका हुन् ।,, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।