सुपर लिगमा काठमाडौं रेजर्स र पोखरा थन्डर्स बराबरीमा रोकिए

१७ बैशाख ७८, शनिबार

१८ बैशाख, काठमाडौं । काठमाडौं रेजर्स र पोखरा थन्डर्सले राजधानी काठमाडौमा जारी नेपाल सुपर लिगमा गोल रहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले राम्रा अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । बराबरी खेलेका दुबै टोलीले एक एक अंक बाँडेका छन् । दुबै टोली तीन खेलबाट चार अंक बनाएका छन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोखरा थन्डर्सले पहिलो हाफमा दबाब दिएर खेलेको थियो । यद्यपि काठमाडौं काउन्टर एट्याक गर्ने प्रयास गरे पनि पोखरोको रक्षापंक्तिलाई चिर्न सकेन ।

Advertisement

दोस्रो हाफमा फरक रणनीतिका साथ खेल देखाएको काठमाडौंका धेरै प्रयास खेर गएका थिए । स्पष्ट जितको लक्ष्यका साथ मैदान उत्रिएका दुबै टोलीले आक्रमक सुरुआत गरेका थिए ।

तेस्रो मिनेटमा काठमाडौंका स्टेफन बियोङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो ।

Advertisement

पोखराका मौसा अब्बाले छैठौं मिनेटमा सुनौलो अवसर गुमाए । पेनाल्टी क्षेत्रबाट गरेको फितलो प्रहार काठमाडौं रेजर्सका कप्तान तथा गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिएका थिए ।

दोस्रो हाफको अन्तिम तिर पोखराले काउन्टर गर्दै स्पष्ट जित निकाल्न प्रयास गरे पनि सफल हुन सकेन । खेलको इन्जुरी समयमा पोखराका प्रविन स्याङतान हेडरमार्फत गोल गरेपनि रेफ्रिले अफसाइडको संकेत दिएका थिए ।

खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए ।
उनले १० हजार प्राप्त गरे ।

यससँगै काठमाडौ रेजर्स र पोखरा थन्डर्सले जारी लिगमा पहिलो बराबरी खेलेका छन । यस अघिका खेलमा दुबैले एक खेल गुमाउँदा एक खेलमा नतिजा निकालेका थिए । प्रतियोगितामा शनिबार दुई खेल हुनेछन् ।

पहिलो खेल धनगढी फुटबल क्लब र एफसी चितवन तथा दोस्रो खेल बुटवल लुम्बिनी र विराटनगर सिटी फुटबल क्लबबीच खेल हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top