सेनाले कृषिमा स्नातक स्तरको तालिम दिने

८ बैशाख ७८, बिहीबार

९ वैशाख, काठमाडौँ । नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ ।

सो स्तरको तालिमका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिन पत्राचार गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भभ पौडेलले जानकारी दिए।

लमजुङको सुन्दरबजार नगरपालिका, सिउँडीबारमा २०७६ भदौदेखि सञ्चालमा आएको सो तालिम केन्द्रमा नेपाली सेनाबाट अवकाश प्राप्त हुन लागेका र भइसकेका सेनालाई कृषि तालिम दिइँदै आएको छ । सो तालिम केन्द्र दुई सय रोपनीमा फैलिएको छ ।

Advertisement

पहिलो चरणमा २४ जनाले बाली विज्ञान र १६ जनाले भेटेरिनरीतर्फको तालिम लिइसकेको र हाल ८० जनाले तालिम लिरहेको प्रवक्ता पौडेलले जानकारी दिए । ८० जनामध्ये ७६ जना बहालवाला र चार जना अवकाशप्राप्त सैनिक रहेको उनले जानकारी दिए ।

तालिम लिइसकेपछि रोजगारी गर्न चाहनेका लागि नेपाली सेनाले सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । त्यसका लागि नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग नेपाली सेनाले सम्झौता पनि गरिसकेको छ ।

तालिम लिएर कृषि कर्म गर्न चाहनेलाई तीन लाखदेखि १५ लाख रुपियाँसम्मको सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । तालिम प्राप्त गरी सहकारीमार्फत सामूहिक खेती गर्न इच्छुक भए अझै बढी ऋण उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top