३० असोज,विराटनगर ।
विराटनगरस्थित सेन्ट्रल बजारले नजिकिँदै गरेको दशैँतिहारको उपलक्ष्यमा ग्राहकहरुलाई आकर्षक उपहारका साथै भारी छुट सुविधा उपलब्ध गराउने भएको छ । ‘यसपालिको चाड, सेन्ट्रल बजारका साथ’अन्तर्गत ९९९ को खाद्यान्न सामाग्रीको खरिद गर्दा चिनी प्रतिकेजी ५९ रुपैँयामा, चना ९८ रुपैँयामा, नुन १५ रुपैँयामा, बाबा सनफ्लावर तेल १ सय ५९ रुपैँयामा, घैला तोरीको तेल १९९ रुपैँयामा र ९०० ग्रामको बिकाजी भूजिया २ सय ७५ रुपैँयामा पाइने सेन्ट्र बबजारका गिरिश राठीले जानकारी दिए ।
त्यस्तै गार्मेन्ट, ब्याग, घडी लगायतका सामानमा १० % क्यास भौचर तथा बच्चाको खेलौनामा १० % छुटका साथै अन्य अफरहरु रहेको उनले बताए । आलु र प्याज अत्यन्तै सस्तोमा पाइने पनि उनले बताए । राठीका अनुसार १ किलोको डिडिसी घ्यू ८ सय ४९ रुपैँया तथा आधा केजीको ४ सय २५ रुपैँयामा, मुसुर दाल प्रतिकेजी ११० रुपैँयामा पाइने छ । यसका साथै थुप्रै छुट तथा उपहार योजनाहरु रहेको उनले बताए ।
यो उपहार योजना कात्तिक १ गतेदेखि मंसिर १० गतेसम्म लागू हुने जनाईएको छ ।