सेयर बजारमा सामान्य करेक्सन: सात उपसमूहको घट्यो कारोबार

२५ चैत ७७, बिहीबार

२६ चैत, काठमाडौँ । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ ।

बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ६५ लाख ९३ हजार ५ सय १ कित्ता सेयर किनबेच भएको छ ।

यस अवधिमा कारोबारमा आएका उपसमूमध्ये ट्रेडिङ, हाइड्रो पावर, निर्जीवन बिमा कम्पनी, उत्पादनमूलक क्षेत्र, अन्य जीवन बिमा कम्पनी र लगानी क्षेत्रको कारोबार घटेको छ भने अन्य क्षेत्रको कारोबार बढेको छ । बुधबार २१५ कम्पनीले ७६ हजार कारोबार गरेका छन् ।

Advertisement

कारोबार गर्ने गुमाउनेमा रैराङ हाइड्रोपावरको ७.२६ प्रतिशतले, युनाइटेड इदिमर्दी हाइड्रोपावरको ६.०६ प्रतिशतले मूल्य घटेको छ ।

मंगलबार नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ६७४ दशमलव ४६ बिन्दुमा पुगेको थियो । बुधबार भने नेप्से परिसूचक २ हजार ६७१ दशमलव ६१ बिन्दुमा झरेर बन्द भएको हो ।

Advertisement

मंगलबार १५ दशमलव ७२ अंक बढेर बन्द भएको बजार २ हजार ६९४ दशमलव ५४ बिन्दुदेखि खुला भएको थियो । यो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलव ८५ अंक अर्थात् शून्य दशमलव ११ प्रतिशत घटेर बन्द भएको छ ।

नेप्से परिसूचकमा सामान्य करेक्सन आएको यस दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ६२ अंक बढेर ४७६ दशमलव ८० बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि कम भएको छ । मंगलबार ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार बराबरको १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर कारोबार भएको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top