सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जाेडियाे

२९ भदौ ७८, बुधबार

२९ भदाै, तनहुँ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट नै पाँच मेगावाट विद्युत उत्पादन भएको छ । सोलार फार्म प्रालिले नेपालमा नै पहिलो पटक सोलारबाट विद्युत उत्पादनका लागि अनुमति लिई सम्पन्न गरिएको हो ।

आयोजनाको उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले उद्घाटन गरिन्। सो अवसरमा मन्त्री भुषालले देशमा क्रमिक रुपमा विद्युतको उत्पादन बढीरहेकोले विद्युतीय सामाग्रीको प्रयोग बढाउन जरुरी रहेको बताइन् । ‘‘स्वदेशकै उर्जा खपत गरी आयातित ग्याँसलाई प्रतिस्थापन गर्न सबै नागरिकलाई आग्रह गर्दछु’’ मन्त्री भुसालले भनिन् ।

Advertisement

विद्युतको बढी भन्दा बढी खपत गरि देशलाई अर्थतन्त्रमा बलियो बनाउने अभियान सुरु भएको भन्दै भान्सादेखि सडकसम्म विद्युतीय सामाग्रीको प्रयोगमा जोड दिन मन्त्री भुषालले सुझाव दिएकी थिइन् । मन्त्री भुषालले नेपालमा मिश्रित उर्जा प्रणालीले लगानी कर्तालाई उत्साहित बनाएकोले जलविद्युत सँगै सोलार विद्युत उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताइन् ।

साथै उनले लगानीकर्ताहरुका लागि सहज वातावरण बनाएर उत्पादन वृद्धि गर्दै लैजाने योजना रहेको बताइन् । आगामी दुई बर्ष भित्रमा देशभर विद्युतीकरण गर्ने लक्ष्य लिएको जानकारी दिदै उर्जा क्षेत्रमा लगानी बढाउन लगानी कर्ताहरुलाई आग्रह समेत गरिन् । सोलार फार्म प्रालिबाट उत्पादित पाँच मेगावाट विद्युत मङ्गलबार नै राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको छ । स्वदेश तथा विदेशामा रहेका गैरआवसीयहरुको लगानी रहेको फार्म ४३ करोडमा निर्माण सम्पन्न भएको फार्मका निर्देशक शंकरजङग गुरुङ्गले जानकारी दिए ।

Advertisement

नेपाल सरकारसँगै पहिलो पटक सौर्य उर्जा उत्पादनका लागि सम्झौता गरि निर्माण सुरु भएको यो आयोजना आगामी २५ बर्षका लागि सो ठाउँ स्थित भानुभक्त क्याम्पसको १०० रोपनी जमिन भाडामा लिएर निर्माण गरिएको उद्घाटन कार्यक्रममा जानकारी दिईएको थियो ।

उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले ७ रुपैया ३० पैसामा प्रतियुनिटमा २५ वर्ष सम्म खरिद गर्ने सम्झौता भएको आयोजनाका सेयर सदस्य तथा व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । फार्ममा अहिले उक्त परिमाणमा विजुली उत्पादन गर्न १३ हजार ५ सय प्यानल जडान गरिएको छ । फार्मबाट उत्पादित बिजुली करिव ५ सय मिटर पर रहेको बेलचौतारा सबस्टेसनमा लगेर जोडिएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top