सोसिडाडलाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा

८ असार ७७, सोमबार

८ असार, एजेन्सी ।
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।

Advertisement

रियल एरेनामा भएको खेलमा घरेलु टोली सोसिडाडलाई २–१ गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो। मड्रिडको जितमा सर्जियो रामोस र करिम बेन्जेमाले समान १–१ गोल गर्दा सोसिडाडका लागि मिकेल मारिनोले १ गोल फर्काए।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै रामोसले रियललाई अग्रता दिलाएका थिए। सोसिडाडका डिफेन्डरले रियलका भिनिसियस फउल गरेपछी रियलले पेनाल्टीको अवसर पाएको थियो। गोल गरेको १० मिनेट पछि नै रामोस चोट बोक्दै मैदानबाट बाहिरिएका थिए।

Advertisement

त्यस्तै खेलको ७० औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई सहज अवस्थामा पुर्‍याए। तर ८३ औं मिनेटमा घरेलु टोलीका लागि गोल फर्काउँदै मेरिनोले सोसिडालाई खेलमा फर्काउने प्रयास गरे। यद्यपि उनको गोल खेलमा फर्कन पर्याप्त रहेन।

जितसँगै अंकतालिकामा मड्रिड र बार्सिलोनाको समान ६५ अंक छ। यद्यपि हेड टु हेडका आधारमा रियल शीर्ष स्थानमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top