स्वराज भ्रमण र ओली-मोदी शिखर वार्ताको तयारी

१९ माघ ७४, शनिबार

नेपालका ‘प्रतिक्षित’ प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको पौने घण्टा लामो ‘वन-अन-वन’ वार्ता को एक उल्लेख्य अंश मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले लिनुपर्ने सावधानी, खानपान र औषधी आदिबारे खर्च भयो । ओली र स्वराज दुवै मिर्गाैला प्रत्यारोपण गरेका बिरामीसमेत भएकाले, त्यो स्वभाविक पनि थियो । स्वास्थ्य चर्चाको यो प्रसंग एमालेले दिएको रात्रिभोजमा पनि केहीबेर दोहोरियो ।

भोजमा सहभागी एक एमाले नेताका अनुसार भारतीय विदेशमन्त्रीको भाषा र भावभंगिमा हेर्दा भारत नयाँ तरिकाबाट नेपालसित सम्बन्ध सुधार्न तयार रहेको बुझ्न सकिन्थ्यो । आजको अन्नपूर्ण पोस्टमा विजय कुमारको टिप्पणी प्रकाशित छ ।

भारतीय विदेशमन्त्री कसको निमन्त्रणमा नेपाल आउनुभएको हो ? भन्ने यो पंक्तिकारको जिज्ञासामा एक वरिष्ठ भारतीय अधिकारीले भने, ‘एक मित्र आफ्नो निकटतम मित्रको घरमा ड्रप बाइ गरेजस्तै हो यो भ्रमण । हामी दुई देशका नेता वा जनतालाई एकअर्काकोमा आउन-जान खास कारण हुनै पर्छ भन्ने छैन । सुष्माजीले भेटघाटको इच्छा व्यक्त गर्नुभयो, नेपाली मित्रहरूले स्वागत गर्नुभयो ।’

Advertisement

के भारत अब नेपालमा आफूले विगतमा गरेका गल्तीहरूको ‘कोर्स करेक्सन’ गर्ने निर्णयमा पुगेको हो त ? ती वरिष्ठ भारतीय अधिकारीले थपे, ‘तपाईं आफ्नो सुविधाका निम्ति चाहेको शब्दावली प्रयोग गर्न सक्नुहुन्छ । हामी नेपालमा अब नयाँ बन्ने सरकारसँग नयाँ तरिकाबाट सम्बन्धको विकास गर्न तयार र खुला छौं भन्ने सन्देश दिन चाहन्छौं ।’

भारतीय विदेशमन्त्रीको अर्को महत्वपूर्ण भेटघाट शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्डसँग रह्यो । प्रचण्ड र भारतबीच विभिन्न कालखण्डमा लभ-हेट रिलेसनसिप रहँदै आएकोमा, अब दुवै पक्ष उतारचढावको ‘रोलर कोस्टर’ सम्बन्धमा बढी परिपक्वताको सम्भावना खोजिरहेको संकेत उच्च कूटनीतिक सूत्रहरूले गरेका छन् ।

Advertisement

कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवासित शिष्टाचार भेट गर्दै विदेशमन्त्री स्वराजले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिइन् । भ्रमणको दौरान मन्त्री स्वराजले मधेसवादी दलका नेताहरूसित सोल्टी होटलमा भेट गरिन् । राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटका निम्ति उनी शीतल निवास पुगिन् ।

भारतीय विदेशमन्त्रीको यो आवागमनले आमनिर्वाचनपछि, जनादेशअनुरूप भारतको नेपाल नीतिमा आउने परिवर्तनको बिजारोपण गरेको छ । यो भ्रमणले ओली-मोदी शिखरवार्ताको पृष्ठभूमि तयार गरेको छ । स्वराजको भ्रमण नेपाल-भारतबीच बदलिँदो कूटनीतिक मौसमको परिचायक हो ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top