NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी छ: प्रधानमन्त्री ओली

बिहिबार असार ४ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी छ: प्रधानमन्त्री ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ असार, काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताएका छन्।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले कोरोना रोकथाममा खर्च भएको रकमको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणका क्रममा प्रष्टसँग आउने बताए।

Advertisement

स्थानीय तहले निकै कष्टकर ढङ्गबाट सङ्क्रमितको व्यवस्थापन गरिरहेको अहिलेको अवस्थामा परिस्थितिजन्य घटनालाई बेवास्ता गर्दै केहीलाई दैनिक हिसाबकिताब चाहिएको उनको टिप्पणी थियो । “कोरोनामा खर्च भएको रकम मात्र होइन, आगामी आवको रु १४ खर्बको बजेटको खर्च पनि पारदर्शी हुन्छ”, उनले भने, “म बाहेक अरू सबै भ्रष्ट छन् र यो देशमा भ्रष्टबाहेक कोही जन्मदैनन् र छैनन् भन्ने तथा सरकारमा रहेका व्यक्तिको चरित्र हत्या गर्ने मान्यता राख्नुभएन ।”

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता दोहो¥याउँदै यदि कहीँकतै अनियमितता भएको भए सम्बन्धित निकायले जाँचबुझ गर्ने बताए। आपतकालमा छोटो प्रक्रियाबाट सामग्री खरिद गरिने जानकारी दिँदै उनले कोरोनाले आक्रान्त पारेको बेला कसैले भ्रष्टाचार गरेको भए कारबाही हुने बताए । उनले भने, “त्यस्तालाई कारबाही गरिन्छ, हुन्छ ।”

प्रधानमन्त्री ओलीले कोभिड–१९ ले आम जनतालाई त्रसित बनाएको उल्लेख गर्दै जनतालाई सङ्क्रमणबाट जोगाउन सरकारले लकडाउनको घोषणा गरेको जानकारी दिए। “यसले मानसिक सन्त्रास मात्र गरेको छैन, रोजगारी तथा आम्दानीमा पनि असर गरेको छ । जनता प्रत्यक्षरुपमा पीडामा छन् । यो पीडा सरकारले देखेको छ, बुझेको छ”, उनले भने, “मैले गाउँ, शहर देखेको छु । आर्थिक तथा शारीरिक हिसाबले अत्यन्त प्रतिकूल अवस्था झेलेर आएको छु । जनता, गाउँका गरिब तथा गिटी कुट्नेको समस्या पनि प्रधानमन्त्रीले बुझेको छ ।”

असहाय तथा गरिबका लागि सरकार छ भन्ने अनभूति गराउन आफूहरु क्रियाशील रहेको जानकारी दिँदै प्रधानमन्त्रीले पछिल्लो समयमा सरकारले कोही पनि भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने मान्यता स्थापित गरेको बताए । पहिलेको भन्दा जनस्तरबाटै परिवर्तनको अभाष हुने गरी काम गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्रीले जनताको हितका पक्षमा कुनै खेलवाड नगर्ने भन्दै विरोधका नाममा विरोध गरेर आफैँलाई कमजोर रुपमा प्रस्तुत नगर्न आग्रह गरे ।

रुकुम पश्चिम घटनाका सम्बन्धमा सरकारलाई अनावश्वयक रुपमा नजोड्न आग्रह गर्दै उनले घटनाको अनुसन्धान भइरहेको र संलग्नलाई नियन्त्रणमा लिइएको जानकारी दिए । क्वारेन्टिनमा रहेकी महिला बलात्कृत हुनु अन्त्यन्त दुःखद् भएको उनको भनाइ थियो । “मानव जातिका निम्ति यो कलङ्कको घटना हो यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ”, उनले भने, “यो निन्दनीय घटना हो, यस अपराधिक घटनामा संलग्नलाई कारबाही हुन्छ ।”

उनले शान्ति, सुव्यवस्था र जनताको जीउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए। बितेका दुई वर्षमा सरकारले असाधारण काम गरेको दोहो¥याउँदै उनले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न कटिबद्ध रहेको बताए। पछिल्ला समय राष्ट्रियताको सन्दर्भमा नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले नेपालमाथि अन्याय गर्न र नेपालीलाई विभाजन गर्न सम्भव नभएको पनि पुष्टि भएको बताए ।

प्रतिरोधी क्षमताका कारण मृत्युदरमा कमी

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमितको उपचारका लागि नेपालले प्रयोग गरेको उपचार विधि र प्रतिरोधी क्षमताका कारण मृत्युदर अत्यन्त कम देखिएको बताए । दैनिक भान्छामा पाइने वस्तुको प्रयोगबाट रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न सकिने दृष्टान्त पेश गर्दै उनले प्रतिरोधी क्षमता बढाउने घरेलु उपाय बताउँदा केही बजु्रुकले हामीलाई उडाएका छन् भने। “प्रतिरोधी क्षमता कसरी बढ्छ भन्दा हामीलाई उडाइरहनू किन ?”, उनले भने, “ठीक ढङ्गले भनिएका कुरालाई नकारात्मक रुपले लिने र त्यसलाई उडाउने प्रवृत्तिले घर गरेको छ ।”

कोरोनाबाट मृत्यु भएकाको तथ्याङ्क पेश गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशत मृत्यु रहेको छ, यो संसारको धेरै देशभन्दा न्यून हो ।” बुधबारसम्म कोरोनाबाट नेपालमा २० जनाको ज्यान गएको छ । निधन भएका २० जनामध्ये कोरोनाकै कारणले निधन हुनेको सङ्ख्या अन्त्यन्त न्यून भएको जानकारी दिँदै उनले अरू विभिन्न कारणले मृत्यु भएको अवस्थामा पनि कोरोना पोजेटिभ देखिए, त्यसलाई कोरोनाले मृत्यु भएको मान्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका कारण सङ्ख्या केही धेरै देखिएको बताए ।

प्रधानमन्त्री ओलीले भारतबाट आउने क्रम बढेसँगै नेपालमा पनि कोरोना सङ्क्रमित थपिँदै गएको बताउँदै बुधबारसम्म कूल सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको जानकारी दिए। पाँच हजार ९९० सङ्क्रमितको उपचार भइरहेको र एक हजार १६७ जना सङ्क्रमणलाई जितेर घर फर्केको पनि उनले बताए । नेपालमा प्रतिदश लाखमा सङ्क्रमित सङ्ख्या २४७ मा सीमित रहेको तथ्याङ्क दिँदै उनले आरडीटी र पीसीआर गरी तीन लाख ८३ हजार ३१५ जनालाई परीक्षण गरिएको जानकारी दिए। नेपालमा प्रतिदश लाखमा १३ हजार १६६ जनाको परीक्षण गरिएको जानकारी दिँदै उहाँले परीक्षणको दायरामा दक्षिण एशियामा भुटानपछि नेपाल अग्रस्थानमा रहेको छ भने ।

‘बाढीको सामाना गर्नुप¥यो’

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको भए पनि समुदायमा सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँले क्षमता र तयारी भन्दा विदेशबाट आउनेको सङ्ख्या ठूलो हुँदा क्वारेन्टिनको व्यवस्थापन र परीक्षणमा अलमल देखिएको बताउनुभयो । “हामीले देशभित्र वा बाहिरको फाट्टफुट्ट आगमनको सामना गर्नुपर्ने अवस्था रहेन, बाढीको जस्तो सामना गर्नुप¥यो”, प्रधानमन्त्रीले भन्नुभयो, “अरू देशमा बाहिरबाट आउने र समुदायमा फैलाउने समस्या देखियो भने हाम्रोमा बाहिरबाट आउने सङ्ख्या ठूलो भयो, तर समुदायमा त्यति धेरै सङ्क्रमण फैलन पाएन ।”

गत चैतदेखि जेठसम्म मुलुकभित्र झण्डै पौने तीन लाख नागरिक भित्रिएको जानकारी दिँदै उहाँले भारतबाट एकैचोटी ठूलो सङ्ख्या भित्रँदा व्यवस्थापनमा समस्या भएको बताए । “भारतबाट गत चैतमा १२ हजार ६५७, वैशाखमा ११ हजार ७४९ र जेठमा दुई लाख ४१ हजार ८६२ जना नेपाल भित्रिएका छन्”, उनले भने, “असारमा सो सङ्ख्या केही घटेको छ । १ गते एक हजार ४१०, २ गते चार हजार ८० र ३ गते दुई हजार १२ जनाको आवागमन भएको छ । बुधबारसम्म सात हजार ५०२ जना भारतबाट आएका छन् ।”

प्रधानमन्त्री ओलीले विदेशबाट आउनेको सङ्ख्या बढेसँगै सरकारले कोभिड–१९ परीक्षणको दायरालाई बढाउँदै लगेको जानकारी दिँदै परीक्षणलाई अनुकूल स्थितिमा क्षमता अभिवृद्धि गरिने बताए । “हामीले अधिकतम सात हजारसम्म परीक्षण गर्न सकेका छौँ, नत्र चार हजारदेखि चार हजार ५०० सम्म परीक्षण भइरहेको छ”, उनले भने, “परीक्षणमा लामो समय प्रतीक्षा गर्नु नपरोस् भन्नेमा ध्यान दिएका छौँ ।”

क्वारेन्टिनमा बस्नेको सुरक्षा, खानपिन र बस्ने तथा परीक्षणको प्रबन्ध मिलाउनु चुनौतीपूर्ण रहेको बताउँदै उनले यसको प्रबन्ध मिलाउने स्थानीय तहका पदाधिकारीलाई धन्यवाद दिए । “बाहिरबाट भन्नलाई धेरै सजिलो छ, तर ती चिजको व्यवस्था स्थानीय तहमा गर्न सजिलो छैन । हामी अनुमान गर्न सक्छौँ, जेठमा झण्डै अढाइ लाख प्रवेश गरे भने कसरी व्यवस्थापन ग¥यौँ होला ?”, उनले भने।

विश्वको कुनै पनि मुलुक कोभिड¬१९ को प्रतिक्षा गरेर नबसेको, पछिल्ला छ महिनामा भयानक ढङ्गले आएको र लाखौँ मान्छेलाई मृत्युवरण गर्न बाध्य बनाएको प्रधानमन्त्रीको भनाइ थियो । “कोरोनाबाट लड्ने तयारीका साथ कोही बसेको थिएन, सङ्क्रमणले विश्वव्यापी रुप लिएसँगै हामीले राम्रो तयारी गरेका थियौँ, त्यसैले हाम्रोमा अरू कुनै कारणले होइन, हाम्रै कारणले सङ्क्रमितको सङ्ख्या कम छ ।”

विदेशबाट ल्याउन सजिलो छैन

प्रधानमन्त्री ओलीले बाहिर भनिएजस्तो विदेशमा अलपत्र परेको नागरिकलाई ल्याउन सजिलो नभएको बताए। “विदेशबाट ल्याउन सजिलो हुँदैन, त्यसका लागि अनेक प्रबन्ध मिलाउनुपर्छ । तै पनि हामीले बाहिरबाट ल्याउन थालेका छौँ, ल्याइरहेका छौँ, यो क्रम केही पछाडिसम्म जान सक्छ”, उनले भने, “कोभिड सङ्क्रमित छ कि छैन परीक्षण गरेर मात्र ल्याउनुपर्छ, परीक्षण नगरी कतिपय मान्छे आए, विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार त्यसरी पठाउन पाइँदैन ।”

भारतबाट कोभिड परीक्षण गरी आउन सम्भव नभए पनि अन्य मुलुकबाट परीक्षण गरेर ल्याइरहेको उनको भनाइ थियो । उहाँले गत जेठ २१ देखि असार १ गतेसम्म विभिन्न मुलुकमा अलपत्र परेको एक हजार ११७ नागरिकलाई उद्धार गरेर ल्याइएको र उनीहरुलाई क्वारेन्टिनमा राखिएको जानकारी दिए।

“विदेशबाट ल्याएकालाई सङ्क्रमणबाट जोगाउन र जोगिनलाई क्वारेन्टिनमा राखिएको छ । भन्न सजिलो छ, त्यत्रो मान्छेलाई क्वारेन्टिनमा राख्न सजिलो छैन”, प्रधानमन्त्रीले भने, “देशका अर्थतन्त्र, स्वास्थ्य अवस्था कस्तो थियो, त्यस अवस्थाबाट अहिलेको महामारी सामना गर्न कति तयारी गरेका छौँ, त्यो सबैले हेर्नुपर्छ ।”

एमसीसीमा अनावश्यक हल्ला गरियो

प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका बारेमा समेत सदनमा स्पष्ट पारे । उनले हल्लाको पछाडि लागेर कुनै पनि विषयमा अनावश्यक तर्कवितर्क नगर्न आग्रह गरे। उनले भने, “सो सम्झौतामा के कस्ता विषय समावेश छन् । सो सन्दर्भमा खोजेर पढ्न म सबैलाई आग्रह गर्दछु । हल्लाका पछाडि लाग्नुको कुनै अर्थ छैन ।”

अमेरिकी सेना आउने भो भनेर अनावश्यक रुपमा हल्ला गरिएको र गलत प्रचार गरिएको भन्दै प्रधानमन्त्रीले भने, “कागले कान लग्यो भनेर कागको पछाडि दौड्ने कि कान छाम्ने हो । लहैलहैमा कुद्ने प्रवृत्ति सान्र्दभिक छैन, विकास हुन आट्यो भन्ने चिन्ता हो, कि अनुदान आयो भन्ने चिन्ता हो ?”

प्रधानमन्त्रीले आफूले विगतदेखि नै राष्ट्र, राष्ट्रियताको पक्षमा अडान राखेको र त्यस्तो अडान पदमा रहँदा वा नरहँदासमेत कायम नै रहेको उल्लेख गरे । उनले आगामी साउनको अन्त्यसम्म कोरोना क्रमशः पिकमा पुग्ने र भदौदेखि ओरालो लाग्ने अनुमान प्रस्तुत गरे । उनले नेपालीका ठूला चाडवाड दशैँ, तिहार, छठमा सामाजिक व्यवहारमा ध्यान नदिइएको खण्डमा पुनः कोरोनाको सङ्क्रमण बढ्नसक्ने भएकाले ध्यान दिन आग्रह गरे ।

उनले सरकारले क्रमशः क्वारेन्टिन, उपचारको थप उचित प्रबन्ध गर्दै जाने र विदेशबाट सङ्क्रमित कम आउने सन्दर्भमा कोरोना नियन्त्रण हुने उल्लेख गर्नुभयो । उनले भने, “कतिपय देशका कार्यकारी प्रमुखले भगवान भरोसा भन्दै हात उठाएको भए पनि नेपाल त्यो अवस्थामा नपुगेको र त्यस्तो दिन आउनै नदिन लागिएको छ ।”

प्रधानमन्त्री कार्यालयमा अनुपयुक्त बजेट विनियोजन नभएको स्पष्ट पार्दै उनले आग्रह तथा पूर्वाग्रहका आधारमा प्रधानमन्त्रीको कार्यालय देख्नै नहुने गरी तर्क गर्नुको समेत अर्थ नभएको बताए । प्रधानमन्त्री ओलीले क्षमताअनुसार कोरोना नियन्त्रणमा बजेट विनियोजन गरिएको र मातहतका सबै निकायमा गरिएको खर्च आवश्यक नै भएको स्पष्ट पारे । कोरानाका कारण शारीरिक मात्रै नभई मानसिक बिरामी बनाएकाले उनीहरुलाई मनोवैज्ञानिक रुपमा सबल बनाउन लाग्नुपर्ने उनले स्पष्ट पारे।

प्रधानमन्त्रीले आफूले अभिभाकत्व लिएको मुगु र सिरहाका बालबालिकासहित देशैभरका विद्यार्थीलाई सहज रुपमा अध्ययन अध्यापन गराउनसमेत पहल गरिरहेको जानकारी दिए । “सरकारले यही असार १ गतेदेखि अनलाइन, रेडियो तथा टेलिभिजनबाट शैक्षिक गतिविधि अगाडि बढाएको छ”, उनले भने, “सबै स्थानमा सुविधा, सहुलियत, पहुँच पु¥याउन सकिएको छैन । इन्टरनेट पु¥याउने, कम्प्युटर, टेलिभिजनको पहुँच, टावर, प्रसारणको क्षमता पुगेका छैनन् । त्यस्ता स्थानका विद्यार्थीप्रति चिन्तित छौँ ।”

उनले नेपालका विद्यार्थीलाई प्रतिस्पर्धी नागरिक बनाउने गरी सरकारले ध्यान दिएको र सोहीअनुसारको काम गरिने बताए । सरकारले आगामी वर्ष, नेपाललाई साक्षर घोषणा गर्ने योजना बनाएको भए पनि कोरोनाका कारण सम्भव नहुने देखिएकाले अर्को वर्ष लाग्ने प्रधानमन्त्रीको भनाइ छ ।रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.