स्व. सांसद छन्त्यालको अन्त्येष्टी

१७ असार ७७, बिहीबार

१८ असार, काठमाडाैँ ।

नेपाली काँग्रेसकी नेतृ एवं प्रतिनिधिसभाका सदस्य स्व ज्ञानकुमारी छन्त्यालको बुधबार आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको बुधबार बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । सांसद छन्त्यालको झण्डै १० दिनअघि मुटुको शल्यक्रिया गरिएको थियो ।

अन्त्येष्टीमा काँग्रेस सभापति शेरबहादुर देउवाले छन्त्यालको पार्थिव शरीरलाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । अन्त्येष्टीमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शंशाक कोइराला र पूर्णबहादुर खड्का, प्रमुख सचेतक बालकृष्ण खाण, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू, पुष्पा भुषाललगायत उपस्थित भई स्व छन्त्यालप्रति श्रद्धाञ्जलि अर्पण गरेका काँग्रेस बाग्लुङ्गका महाधिवेशन प्रतिनिधि सिंहबहादुर रानाले जानकारी दिए ।

Advertisement

बुधबार बिहान निधन भएपछि उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलिका लागि छत्याल समाजको कार्यालय मनमैजुमा राखेर अन्त्येष्टीका लागि आर्यघाट लगिएको थियो । स्व छन्त्यालप्रति सम्मान प्रकट गर्दै काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले  आज असार १८ गते पार्टी केन्द्रीय कार्यालय बन्द गर्नुका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

साथै आज पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगरिने काँग्रेसले जनाएको छ । विसं २०१४ सालमा बाग्लुङ्ग जिल्लामा जन्मनु भएकी ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ निवासी छन्त्याल विसं २०७० मा वाग्लुङ्गको निर्वाचन क्षेत्र नं. ३ बाट संविधानसभा सदस्य पदमा निर्वाचित र २०७४ मा समानुपातिक प्रणालीअन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधिसभा सदस्य थिएन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top