हङकङमाथि नेपालको सहज जित, नेरीको कीर्तिमानी बलिङ

१२ फागुन ७५, आइतबार
Share this
747shares

एजेन्सी, फागुन १२
आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले चौथो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको छ । आइतबार बैंककमा भएको खेलमा हङकङले  प्रस्तुत गरेको ६३ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त गर्यो ।

Advertisement

शीर्ष क्रमले बिर्सनलायक प्रदर्शन गरेपछि चौथो विकेटका लागि सरिता मगर र अप्सरी बेगमले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याएका थिए । सरिता र अप्सरीले ३२ रनको साझेदारी गरे । अप्सरीले ३५ बलमा ३ चौकको मदतले २४ रन जोडीन् । सरिता मगर १६ रनमा नटआउट रहिन् ।

तेस्रो ओभरको दोस्रो बलमा काजल श्रेष्ठ ४ रनमा जस्मिन टित्मुस एलबीडब्लू धरापमा परिन् । तीन बलपछि सिता रानामगर शून्यमा क्याचआउट भइन् । आठौं ओभरमा इन्दु बर्मा ४ रन जोड्दै स्टम्पिङ हुँदा अर्को ओभरमा कप्तान रुविना क्षेत्री पनि ६ रन जोड्दै सोहि तरिकाले आउट भइन् । रोमा थापा २ रन जोड्दै बोल्ड हुँदा नेरी थापा १ रनमा नटआउट रहिन् ।

Advertisement

त्यसअघि नेरी थापाले उत्कृष्ट बलिङ गरेपछि हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन जोडेको थियो । ओपनर यास्मिन दस्वानीले १६ रन र बेल्ला पुनले ११ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । तर नेरी थापाले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै लगातार ओभरमा शीर्ष ६ विकेट हात पारिन् । उनले ४ ओभरमा ८ रन खर्चेर ६ विकेट हासिल गरिन् । नेपालको लागि सिता रानामगरले पनि २ विकेट लिइन । नेरीको प्रदर्शन नेपालको टि–२० आई इतिहासमा सर्वोत्कृष्ट बलिङ हो । विश्व क्रिकेटमा पनि नेरीले तेस्रो स्थान प्राप्त गरेकी छिन् ।

मध्यक्रममा मारिना लाम्प्लोले १९ रन जोडेपछि हङकङले सम्मानजनक योगफल तयार पारेको थियो । कप्तान मारिको हिल र केरी चानले २–२ रन जोड्दा जस्मिन तित्मसले खाता खोल्न सकिनन् ।नेपालले प्रतियोगितामा ४ खेल खेल्दै ३ जित र १ हार बेहोरेको छ । थाईल्यान्डले भने प्रतियोगिताको ४ मध्य ४ खेल जित्दै ८ अंक सहित शीर्ष स्थानमा बलियो पकड बनाएको छ । यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top