कोभिडका कारण निजी हवाई क्षेत्रमा २४ अर्बको घाटा

१५ असाेज, काठमाडाैँ ।

कोभिड १९ का कारण नेपालको हवाई क्षेत्रमा ठूलो क्षति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । नीजि क्षेत्रको मात्रै १ खर्ब लगानी रहेको हवाई क्षेत्रमा कोभिडका कारण मासिक ४ अर्ब आय गुमाउनु परेको प्राधिकरणले बताएको हो ।

प्राधिकरणले मात्रै आर्थिक वर्ष २०७६÷७७ मा ४३ प्रतिशत आम्दानी गुमाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । आन्तरिक उडानतर्फ यो वर्ष ३६ देखि ३८ प्रतिशत यात्रु संख्यामा गिरावट आउने उनले बताए । नेपालमा मार्च २०२० मा ७३ प्रतिशत हवाई यात्रु घटेकोको उल्लेख गर्दै उनले २४ देखिको लक डाउन र निषेधाज्ञा अवधिमा शत प्रतिशत यात्रु कम भएको बताए।

Advertisement

कोभिडको प्रभावकाबीच प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि उल्लेख काम गरेको उनले बताए । विमानस्थलमा नयाँ प्रस्तान कक्ष निर्माण सम्पन्न भएर सञ्चालनमा आएको महानिर्देशक पोखरेलले बताए । अहिले दुई वटा वाइडबडी बाहिर अटाउने मिल्ने गरी ठूलो पार्किङ क्षेत्र विस्तार गरेको, अन्तर्राष्ट्रिय यात्रु चेकिङ व्यवस्थित गरिएको र बुटिक एयरपोर्ट निर्माणको काम जारी रहेको उनले बताए ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अनुसार कोभिडको सबैभन्दा बढी प्रभाव एशिया प्रशान्त क्षेत्रमा परेको छ । आइकाओका अनुसार गतवर्षको जनवरी देखि अगष्ट २०२० सम्म वायुसेवा कम्पनीहरुले ८६ प्रतिशत यात्रुबाट हुने आम्दानी गुमाएका छन् । सन् २०२० को अन्तसम्म अघिल्लो वर्षको तुलनामा ७० देखि ७४ प्रीतशत अन्तर्राष्ट्रिय यात्रु घट्ने अनुमान आइकाओले गरेको छ । अन्तराष्ट्रिय हवाई यातायात संघले हवाई क्षेत्र कोभिड पूर्वको अवस्थामा फर्किन सन् २०२४ सम्म कुर्नुपर्ने अवस्था आएको बताएको छ ।

सरकारले कोरोनाका कारण हवाई क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न विभिन्न राहत प्याकेज दिएको छ । लक डाउन सुरु भएदेखि नियमित उडान सुरु भएको मितिले एक महिनासम्म विसान शुल्क, कोठा काउन्टर, पसल कवल तथा स्थानको बहालमा ७५ प्रतिशत छुट दिएको छ । यस्तै लक डाउन अवधिबाट असोज १ पछिसम्म निविकरण अवधि भएका वायुसेवा संञ्चालन प्रमाणपत्र र एयरवर्दिनेश प्रमाणपत्रमा ५० प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेको छ ।

विमानस्थललाई बुझाउन बाकी शुल्क डिसेम्बरसम्म म्याद थप गर्ने, विमानस्थल शुल्क नियमावली, २०६७ बमोजिम नियमित रुपमा बुझाउनुपर्ने विमानस्थल शुल्कहरु भुक्तानी गर्ने अवधि डिसेम्बरसम्म कायम गरिएको छ । यस्तै मौद्रिक नीति मार्फत बैंकको साँवा र ब्याज एक वर्षसम्म बुझाउन नपर्ने र साँवा ब्याजको पुनर्तालिकाकरण र वायुसेवा कम्पनीलाई बैंकबाट रिफाइनान्सीङको व्यवस्था गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top