‘हामी स्पष्टीकरण दिँन्नौ, कुर्सीका लागि राष्ट्रिय अस्मितामा सम्झौता गर्ने ओलीले स्पष्टीकरण दिनुपर्छ’

१० जेठ, काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलले आफूहरूलाई सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्। प्रधानमन्त्री केपी ओली पार्टीको वैधानिक अध्यक्ष नभएकाले स्पष्टीकरणको जवाफ नदिने बताएका हुन् ।

सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा नेता रावलले बालुवाटारमा बसेर ओलीले मनपरी निर्णय गरेको बताए ।

Advertisement

यसअघि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठकले पनि स्पष्टीकरण नदिने निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल,भीम रावलसहित ११ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए ।

नेता रावलले कुर्सीकै लागि राष्ट्रिय अस्मितासँग सम्झौता गरेको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्री ओलीले निर्लज्ज भएर राष्ट्रको अस्मिता स्वतन्त्रतासँग जोडिएको विषयलाई आफ्नो कुर्सीसँग सम्झौता गर्नुभयो र महन्थ राजेन्द्रसँग आत्मसमर्पण गरेर नागरिकता अध्यादेश जारी गर्नुभयो, कुर्सीकै लागि राष्ट्रिय अस्मितासँग सम्झौता गर्ने उहाँलाई सम्पूर्ण नेपाली जनताले स्पष्टीकरण लिनुपर्ने अवस्था छ ।’ रावलले भने ।

पार्टी एकताका लागि धेरै प्रयास गर्दा पनि ओलीले गम्भीरता नदेखाएको रावलको भनाई छ । ‘हामीले पार्टी एकताका लागि धेरै प्रयास गरेको हो। तर उहाँले कहिल्यै पनि गम्भीरता देखाउनु भएन। कार्यदलको पहिलो बैठक सकारात्मक भए पनि त्यसपछि हुन सकेको छैन ।’

ओलीले आफूले गरेका गलत काम सच्याउनु पर्ने र आत्मालोचना गर्नुपर्ने उनको भनाइ छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top