NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का शुक्रबार पुस ४ , २०८२
रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु शुक्रबार पुस ४ , २०८२
Next
Prev

समाचार

हिन्दु-मुस्लिम समुदायबीच झडप प्रकरणः ‘बाहिरबाट आएकाले साम्प्रदायिक दंगा फैलाउने खोजे’

आइतवार कार्तिक २८ , २०७८
Reading Time: 1 min read
A A
हिन्दु-मुस्लिम समुदायबीच झडप प्रकरणः ‘बाहिरबाट आएकाले साम्प्रदायिक दंगा फैलाउने खोजे’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ कार्तिक, जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा शनिबार दिउँसो २ बजेदेखि नै निषेधज्ञा लगाइएको छ । केही उच्छृङ्खल तत्वले साम्प्रदायिक सद्भाव बिथोल्न खोजेपछि स्थानीय प्रशासनले आइतबार राति १० बजे सम्मको लागि निषेधज्ञा जारी छ ।

केही दिनअघि छठ पर्व अन्तर्गत स्थानीय तेलिया पोखरीको डिलमा घाट निर्माणको क्रममा स्थानीय केही हिन्दु र मुस्लिम समुदायबीच समान्य विवाद भएको थियो ।

पछि स्थानीय प्रहरीको सक्रियतामा विवाद समाधान पनि भयो । तर, केही व्यक्तिले सामाजिक सञ्जाल फेसबुक तथा स्थानीय केही न्युज पोर्टलले उक्त घटनालाई अतिरञ्जित गरेपछि जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयले स्वयं सक्रिय भई शुक्रबार नै स्थानीय दुवै समुदायका व्यक्तिलाई बोलाएर सहमति गराएर घर पठाएका थिए ।

शनिबार दिउँसो केही युवाहरूले एक जनकपुरधामबाटै नाराजुलुस लगाउँदै देवपरा रुपैठा पुगेका थिए । त्यहाँ प्रहरीले रोक्दा प्रदर्शनकारीहरूले प्रहरीमाथि नै ढुङ्गमुढा प्रहार गरेपछि प्रहरीले एक दर्जन राउण्ड अश्रुुग्यास फायर गरेका थिए ।

प्रदर्शकारीले पनि प्रहार गरेको ढुङ्गा लागेर आधा दर्जन सुरक्षाकर्मी घाईते भएका छन् । प्रदर्शकारीमध्ये सोमनाथ यादवले आफुहरू हिन्दु धर्मको रक्षा र हिन्दु राष्ट्रको लागि आएको बताए ।

उनले भने, ‘सार्वजनिक पोखरी भए पनि यो हिन्दुहरूकै पोखरी हो । त्यसमा मुस्लिम सामुदायले कब्जा गरी छठ पूजामा अवरोध गरेको छ । त्यसैले हामी धर्मको रक्षा र हिन्दु राष्ट्रको लागि यहाँ आएका छौँ । प्रशासनले हामीमाथि दमन गरियो भने यो आन्दोलनलाई देशव्यापी बनाउछौँ ।’

प्रदर्शनमा सहभागि हिन्दु धर्म संरक्षण मञ्च सुनसरीका सदस्य राधेश्याम यादवले भने, ‘छठ पर्व नाममा हिन्दु धर्ममाथि अन्याय भएको छ ।’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा घटना भएको उनले आरोप लगााए ।

यता, स्थानीय रामसोभित दासले भने, ‘गाउँ समाजमा सामान्य विवाद भइरहन्छ, त्यो ठूलो कुरो होइन । तर, केही हिन्दुवादी संघ संस्था र केही मिडियाले त्यसलाई साम्प्रदायिक रंग दिन खोजेको छ ।’

हामीलाई छठ पर्व मनाउन कुनै सामुदायबाट अवरोध नभएको बताउँदै उनले भने, ‘घाट निर्माणमा सामान्य विवाद भए पनि छठ पूजामा कुनै विवाद वा अवरोध भएन । घटना साम्य भइसकेपछि विरगञ्ज, सुनसरीलगायतका स्थानबाट आरएसएस, हिन्दुवादी तथा राजावादी समर्थक संघसंस्थाहरूले आएर नाराजुलुस गरे ।

हाम्रो समाजको कुरा हामी गाउँसमाजका कुरा मिलाइसकेका छौँ । तर, उनीहरू बाहिरबाट आएकाहरूले सुरक्षामा खटेका प्रहरीमाथि नै ढुङ्गगामुढा गरिरहेका छन् । ति संघसंस्थाहरूले धर्मको नाममा राजनीतिक गर्न खोजेका छन् ।’

स्थानीय मोहम्मद हविव कवाडीले छठ पूजामा हाम्रो सामुदायबाट कुनै अवरोध नभएको बताए । ‘हामी सधैँ मिलेर, भाइचाराअनुसार नै मिलेर बेसिरहेका छौँ’, उनले भने, ‘स्थानीय प्रहरी प्रशासनलाई सबै जानकारी छ । स्थानीयवासीबीच अहिले कुनै विवाद छैन । तर, बाहिरबाट विभिन्न संघसंस्थाहरूबाट आएका व्यक्तिहरूले साम्प्रदायिक घटना गराउन खोजेका छन् ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले केही संघ संगठनहरूले घटनालाई बढाउन खोजे पनि अवस्था अहिले समान्य बन्दै गएको बताए । ‘पोखरीको विषयमा दुई सामुदायबीच विवाद देखिए पनि त्यो साम्य भइसकेको थियो’, बास्तोलाले भने, ‘हिजो शनिबार बाहिरबाट आएका विभिन्न हिन्दुवादी संगठन तथा राजावादी संघसंस्थाका व्यक्तिहरूले आएका शान्ति सुरक्षामा खल्ल पु–याउने खोजेका थिए । तर, प्रहरीको सक्रियताले अहिले अवस्था समान्य हुदै गएको छ ।’

उनले पोखरीसम्बन्धी विवादको विषयमा स्थानीय दुवै समुदायका अगुवा, जनकपुरधाम उपमहनगरपालिका मेयर लालकिशोर साहसहितसँग छलफल गरिने बताए ।

लोकप्रीय

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२

विचार

थप समाचार

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु
ताजा समाचार

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.