हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना, पर्वतारोहण नगर्न आग्रह

३ जेठ ७८, मंगलबार

४ जेठ, काठमाडौं ।

आजदेखि देशभर मौसम बद्ली हुने भएको छ । अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकाले पर्वतारोहण नगर्न र नगराउन महाशाखाले आग्रह गरेको छ ।

Advertisement

यस्तै भोलि बेलुकादेखि शुक्रवारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको १÷२ ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । यस्तै प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

Advertisement

यो सिजनमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी र असिनापानीसमेतको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् मानन्धरको आग्रह छ ।

यस्तै उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा र अरु प्रदेशको १÷२ ठाउँमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top