विराटनगर, साउन १४
इलाका प्रहरी कार्यालय विराटनगर रानी हाताभित्र नवनिर्मित हिरासत भवनको उद्घाटन गरिएको छ । स्थानीय र इलाका प्रहरी कार्यालय रानीको १९ लाख रुपैयाँको संयुक्त लगानिमा निर्माण भएको हिरासत भवनको एक कार्यक्रमका बिच मोरङका प्रहरी उपरिक्षक मनोजकुमार केसिले उद्द्धाटन गरेका हुन् । सो अबसरमा हिरासत भवन निर्माणमा सहयोग गर्ने ५२ जनालाई सम्मान समेत गरिएको छ ।