हुम्लामा चीनले सीमा मिचेकै देखियो : कांग्रेस नेता शाही

२६ असाेज, हुम्ला ।

नेपाली कांग्रेसले चीनले हुम्लासँग जोडिएको नेपाली भूमि मिचेको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही नेतृत्वको टाेलीले विवादित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै चीनले नेपाली भूमि मिचेकाे जनाएकाे हाे।

नेपाल र चीन सीमाको स्थलगत अध्ययन गर्न शाही नेतृत्वको टोली नाम्खा गाउँपालिका–६ स्थित लिमी र लाप्चा पुगेको थियो ।

Advertisement

शाही नेतृत्वको टोलीले चीनले नेपाली भूमि मिचेको र सीमास्तम्भ पनि चुस्त दुरुस्त अवस्था नरहेको निश्कर्ष निकालेको छ । लोलुगङजोग र लिमि–लाप्चाको सिमानामा चीन सरकारले ६ महिनाअघि नै १२ नम्बरको नयाँ पिलर निर्माण गरेको टोलीले निष्कर्ष निकालेको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शाहीले भने, ‘सीमास्तम्भमा कोरिएका देवनागरी लिपीका अक्षर फरकफरक छन्, स्तम्भ पुरानै आकारमा पनि भेटिएनन् ।’ पुराना स्तम्भका टुक्राहरु नयाँ स्तम्भ नजिकै भेटिएको उनको भनाइ छ ।

शाहीले नाम्खा गाउँपालिका–६ स्थित लिमी–लाप्चामा चीनले भवन निर्माण गरेको दाबी गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top