२९ मंसिर, सिमकोट ।
हिमाली जिल्ला हुम्लामा फेरि हिमपात सुरु भएको छ ।
आइतबार बिहान चार बजेबाट बाक्लो बादल लागेपनि बिहान नौ बजेबाट हिमपात सुरु भएको हो । शनिबार आकाश लुखेर घाम लागेपछि खुशी देखिएका स्थानीयहरु फेरि हिमपात सुरु हुँदा चिन्तित देखिएका छन् ।
साढे एक फिट हिउँ जमिरहेको बेला पुनः हिमपातले गर्दा चिसो झनै बढेको छ । एक गाउँबाट अर्को गाउँ आउजाउ नभैरहेको बेला पछिल्लो हिमपातले झनै असर गर्नेछ । हिमपात भएपछि तापक्रम माइनसमा झरेको छ ।
सिमकोट विमानस्थलमा हिउँ जमिरहेका बेला थपिएको हिउँले हवाई सेवा सञ्चालनमा असर गर्नेछ । चार दिन देखि हुम्लामा हवाई सेवा सञ्चालन हुन सकेको छैन ।