३१ भाद्र, काठमाडौं ।
कोभिड १९ संक्रमित भएर आइसोलेसनमा रहेका नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्।
उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि राति नै उनलाई अस्पताल लगिएको हो। सात दिनदेखि लगातार ज्वरो आइरहेको थियो। अस्पताल लैजाँदा नै ठीक हुन्छ भन्ने डाक्टरको सुझाव अनुसार अस्पताल लगिएको हो,ु कोइरालाको पारिवारिक स्रोतले भन्यो।
उनलाई राजधानीको ओम अस्पताल पुर्याइएको हो। उनलाई अहिले आइसीयूमा राखेर उपचार थालिएको छ। आइसीयूमा राखेको भए पनि अक्सिजन लगाउनुपर्ने अवस्थामा हुनुहुन्न, पारिवारिक स्रोतले भन्यो। ओम अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीका अनुसार कोइरालालाई गएराति सवा ८ बजे अस्पताल भर्ना गरिएको हो।
गएको भदौ २३ गते उनमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी होम आइसोलेसनमा रहँदै आएका थिए। नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिको प्रत्यासीका रुपमा उभ्याएका शशांक आफैँ पनि चिकित्सक हुन्।