१० महिनामा साढे ११ खर्ब रुपैयाँको व्यापार घाटा, ६९ अर्ब रुपैयाँको खाद्यान्न आयात

९ जेठ, काठमाडौं ।

चालु आर्थिक वर्षको १० महिनामा झन्डै साढे ११ खर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।

साउनदेखि वैशाख महिनासम्म नेपालले १३ खर्ब ६२ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेकोमा १२ खर्ब ५४ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । निर्यात भने जम्मा एक खर्ब आठ अर्ब रुपैयाँको भएको छ ।

Advertisement

वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा साढे २१ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

पोहोरको १० महिनाको तुलनामा यो वर्षको १० महिनामा आयात २२ प्रतिशतभन्दा धेरैले बढेको छ भने निर्यात पनि ३२ प्रतिशतले बढेको छ ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशतभन्दा धेरै छ भने निर्यातको हिस्सा सात प्रतिशतमै खुम्चिएको छ ।

सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । १० महिनामा भारतसँग आठ खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ भने चीनसँग एक खर्ब ८२ अर्ब रुपैयाँको घाटा रहेको छ ।

सरकारले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने भाषण गर्दै आए पनि खाद्यान्न आयात चुलिँदै गएको छ ।

१० महिनामा ६८ अर्ब ६३ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यो गएको वर्षको भन्दा १३ अर्ब रुपैयाँभन्दा धेरै हो । ३१ अर्ब रुपैयाँको तरकारी तथा फलफूल आयात भएको छ ।

यस्तै १० महिनामा एक खर्ब २१ अर्ब रुपैयाँको आइरन र स्टिल, एक खर्ब रुपैयाँका मेशिनरी सामग्री, ८२ अर्ब रुपैयाँका गाडी र पाटपुर्जा, २६ अर्ब रुपैयाँको औषधि, ५० अर्ब रुपैयाँको प्लास्टिकका सामग्री आयात भएको छ । यस्तै ४२ अर्ब रुपैयाँभन्दा धेरैको डिजल भित्रिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top