१३ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयूको लागि अर्थले दियो झन्डै १८ करोड रुपैयाँको सहमति

७ जेठ, काठमाडौं ।

१३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति दिएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका लागि दुई करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि पाँच करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि एक करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि एक करोड ५५ लाख रुपैयाँको सहमति अर्थले दिएको हो ।

Advertisement

यस्तै डोटी अस्पतालका लागि ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्य विनायक अस्पतालका लागि ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि एक करोड ५५ लाख रुपैयाँ रहेको छ ।

यसअघि अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको थियो ।

Advertisement

त्यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि एक अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको थियो ।

त्यसैगरी विभिन्न जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रुपैयाँको सहमति दिएको थियो ।

यस्तै विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू थप गर्न ८५ करोड ९३ लाख रुपैयाँको सहमति दिएको थियो ।

कोरोनाको रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माग अनुरूप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top