१३ वर्षमा पनि बनेन हुलाकी राजमार्ग, अवस्था ज्यूँका त्यूँ

विराटनगर असोज २
तराईका जिल्ला जोडने ‘लाइफ लाइन’ सडकका रुपमा परिभाषित गरिएको हुलाकी राजमार्ग अन्तर्गत पूर्व – पश्चिम राजमार्ग निर्माणको काम सुरु भएको १३ वर्ष भएको छ । ०६२/०६३ सालदेखि हुलाकी राजमार्गको निर्माणको काम सुरु गरिएको थियो । तर, अझै पनि निर्माणको अवस्था उस्तै छ । हुलाकी राजमार्ग अन्तर्गतको सप्तरीदेखि झापासम्मको २ सय २५ किलोमिटर सडक हिँड्न नसकिने अवस्थामा छ ।

सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हुँदै झापा जिल्ला सदरमुकाम भद्रपुरसम्म चारपाङे सवारी साधन चल्ने अवस्था छैन । यो खण्डमा साइकलको यात्रा पार गर्नपनि धेरै निकै सास्ती व्यहोर्नुपर्ने अवस्था छ । कतिपय स्थानमा कालोपत्रेमात्र होइन सडकको नामोनिसानसमेत भेटिन्न । धरै स्थानमा पुल निर्माणको काम अधुरो छ ।

Advertisement

झापामा सडकको काम अघि बढेको छ भने सप्तरीमा पुल निर्माणको काम भइरहेको छ । सरकारले चालू आर्थिक वर्ष (आव) २०७५÷७६ का लागि बजेट विनियोजन नगरेका कारण मोरङ र सुनसरी जिल्ला अन्तर्गत सडक निर्माणको काम ठप्प भएको छ । झापा र मोरङ जिल्लाको सिमाना भएर बग्ने रतुवा नदीले गत वर्ष हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्ड बगाएको थियो । यही खण्ड पनि निर्माण हुन सकेको छैन

राजमार्गकै मोरङको सुनवर्षी नगरपालिका हुँदै जाने सडक खोलाले बगाएको थियो । तर, पुनर्निर्माण अघि नबढ्दा सडकको करिब २ सय खण्ड नै हराउन पुगेको छ । राजमार्गको झापा र मोरङमा ४८ ÷४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ३२ किलो मिटर पर्छ ।

यी जिल्लाअन्तर्गत पर्ने झापामा राजमार्गलाई जोड्ने सहायक राजमार्ग चारआली केचना ४० किलोमिटिर, मोरङमा कानेपोखरी रंगेली २५ किलोमिटिर र सप्तरीमा कल्याणपुर वर्साइन हुँदै ब्रह्मपर्टी १८ किलोमिटर सहायक राजमार्ग छन् ।

यो वर्ष पुल र सहायक राजमार्ग मात्र

हुलाकी राजमार्ग आयोजनाका प्रमुख विजयकुमार महत्तोका अनुसार सरकारले चालू आवका लागि ५३ करोड रुपैया निकासा गरेको छ । जसमा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीमा अहिले २ करोड रुपैयाँ लागत रहेका साना – ठुला गरी १५ वटा पुलको निर्माण भईरहेको छ ।

यसबाहेकका काम भने स्थगित भएको छ । त्यसैगरी झापामा ३३ करोड रुपैयाँ लागतमा मेची नदीमा एक दर्जन पुल निर्माणको चरणमा छन् । त्यस्तै, झापाकै चारआलीमा ४० किलोमिटिर सहायक सडकमा कालोपत्रेको काम भईरहेको छ । यसबाहेकमा उल्लेखनीय काम हुन सकेको छैन ।

आयोजना प्रमुख महत्तोले चालू आवमा तोकिएको कामका लागि बजेट अपुग भएको बताए । थप बजेट निकासाका लागि प्रयास गरेपनि प्राप्त हुन नसकेको उनले बताए । बजेट अभावका कारण निर्माण कम्पनीलाई निकासा दिन समस्या भएको उनले बताए ।

रतुवा पुलको वेहाल
राजमार्ग अन्तर्गतकै मोरङ र झापाको सिमानामा पर्ने रतुवामाई नदीको पुल पनि बेहाल छ । पुल निर्माण भएपनि नदीले पूर्वतर्फको क्षेत्र कटान गरेपछि सञ्चालनमै नआइ अलपत्र परेको छ ।

सुनसरी मोरङ पुल निर्माण आयोजनाले ११ करोड रुपैयाँ लागतमा २ सय ५ मिटर लम्वाईको यो पुल ७ वर्ष अघि निर्माण सुरु गरेको थियो । जसअनुसार निर्माण कम्पनी कालिका आशिष जेवीले ठेक्का पाएको पुल निर्माण ३ वर्ष अघि नै सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको छ ।

सुनसरी मोरङ पुल निर्माण आयोजना सुनसरीका प्रमुख कैलास शाहका अनुसार निर्मित पुल हस्तान्तरण नहुँदै नदीमा आएको बाढीले केही भाग बगाएको बताए । अहिले उक्त पुलको बीचभागमात्र छ । पुनर्निर्माण नगरिँदा पुल प्रयोगमा ल्याउन सकिएको छैन, यसका लागि पहल पनि भएको छैन ।

जनताको गुनासो – सरकारले हेप्यो

भारतका प्रधानमन्त्री तथा मन्त्रीहरू नेपाल भ्रमणमा आउँदा हुलाकी राजमार्गको चर्चा हुनेगर्छ । नेपालले मात्र होइन भारतले पनि यो राजमार्ग निर्माणमा चासो देखाउँदै आएको छ । तर, पनि यतिका वर्ष बितिसक्दा पनि राजमार्ग निर्माण हुन नसक्दा र निर्माण कार्य अत्यन्तै धिमा हुँदा स्थानीयवासीमा निरासा पैदा हुन थालेको छ । जसका कारण उनीहरूमा सरकारप्रति आक्रोस देखिन्छ ।

‘पछि सुरु भएको पूर्व–पश्चिम राजमार्ग उहिल्यै सम्पन्न भइसक्यो, पुरानो हुलाकी राजमार्ग जस्ताको तस्तै छ,’ झापा गौरीगञ्चका रामप्रसाद रौनियारले आक्रोस पोखे, ‘मधेसको बस्ती हुलाकी राजमार्ग वरपर नै छ, तर सडक छैन किन सरकारले यति विभेद गर्दै छ ?’ ५२ वर्षीय रौनियारले राजमार्ग सम्पन्न भएको खण्डमा आवत – जावत सहज हुनुका साथै उत्पादित कृषि उपजले बजार पहुँच पाउने बताए ।

हुलाकी राजमार्गको इतिहास

हुलाकी राजमार्ग पूर्व – पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किलोमिटर दक्षिणतर्फ भएर विस्तार हुन्छ । राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटोका रुपमा चिनिएको यस मार्गलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ ।

यो राजमार्गलाई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्गका रुपमा समेत चिनिन्छ । यो राजमार्ग पूर्व–पश्चिम ९ सय ७५ किलोमिटरमा फैलिएको छ । उक्त राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किलोमिटरको ३२ वटा सहायक राजमार्गहरू छन् । यो सहित जोड्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किलोमिटर छ ।

यो राजमार्ग निर्माणका लागि भारतीय प्रधानमन्त्री चन्द्रशेखरले ०४७ मा नेपाल भ्रमणकै क्रममा प्रतिबद्धता व्यक्त गरेका थिए । राजमार्ग निर्माणका लागि भारतीय सहयोगको सैद्धान्तिक सहमति भने ०६१ सालमा भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top