NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि शुक्रबार मंसिर ५ , २०८२
सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ शुक्रबार मंसिर ५ , २०८२
Next
Prev

समाचार

१३ वर्षमा पनि बनेन हुलाकी राजमार्ग, अवस्था ज्यूँका त्यूँ

मङ्लबार अशोज २ , २०७५
Reading Time: 1 min read
A A
१३ वर्षमा पनि बनेन हुलाकी राजमार्ग, अवस्था ज्यूँका त्यूँ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर असोज २
तराईका जिल्ला जोडने ‘लाइफ लाइन’ सडकका रुपमा परिभाषित गरिएको हुलाकी राजमार्ग अन्तर्गत पूर्व – पश्चिम राजमार्ग निर्माणको काम सुरु भएको १३ वर्ष भएको छ । ०६२/०६३ सालदेखि हुलाकी राजमार्गको निर्माणको काम सुरु गरिएको थियो । तर, अझै पनि निर्माणको अवस्था उस्तै छ । हुलाकी राजमार्ग अन्तर्गतको सप्तरीदेखि झापासम्मको २ सय २५ किलोमिटर सडक हिँड्न नसकिने अवस्थामा छ ।

सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हुँदै झापा जिल्ला सदरमुकाम भद्रपुरसम्म चारपाङे सवारी साधन चल्ने अवस्था छैन । यो खण्डमा साइकलको यात्रा पार गर्नपनि धेरै निकै सास्ती व्यहोर्नुपर्ने अवस्था छ । कतिपय स्थानमा कालोपत्रेमात्र होइन सडकको नामोनिसानसमेत भेटिन्न । धरै स्थानमा पुल निर्माणको काम अधुरो छ ।

LS Auto

झापामा सडकको काम अघि बढेको छ भने सप्तरीमा पुल निर्माणको काम भइरहेको छ । सरकारले चालू आर्थिक वर्ष (आव) २०७५÷७६ का लागि बजेट विनियोजन नगरेका कारण मोरङ र सुनसरी जिल्ला अन्तर्गत सडक निर्माणको काम ठप्प भएको छ । झापा र मोरङ जिल्लाको सिमाना भएर बग्ने रतुवा नदीले गत वर्ष हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्ड बगाएको थियो । यही खण्ड पनि निर्माण हुन सकेको छैन

।

राजमार्गकै मोरङको सुनवर्षी नगरपालिका हुँदै जाने सडक खोलाले बगाएको थियो । तर, पुनर्निर्माण अघि नबढ्दा सडकको करिब २ सय खण्ड नै हराउन पुगेको छ । राजमार्गको झापा र मोरङमा ४८ ÷४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ३२ किलो मिटर पर्छ ।

यी जिल्लाअन्तर्गत पर्ने झापामा राजमार्गलाई जोड्ने सहायक राजमार्ग चारआली केचना ४० किलोमिटिर, मोरङमा कानेपोखरी रंगेली २५ किलोमिटिर र सप्तरीमा कल्याणपुर वर्साइन हुँदै ब्रह्मपर्टी १८ किलोमिटर सहायक राजमार्ग छन् ।

यो वर्ष पुल र सहायक राजमार्ग मात्र

हुलाकी राजमार्ग आयोजनाका प्रमुख विजयकुमार महत्तोका अनुसार सरकारले चालू आवका लागि ५३ करोड रुपैया निकासा गरेको छ । जसमा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीमा अहिले २ करोड रुपैयाँ लागत रहेका साना – ठुला गरी १५ वटा पुलको निर्माण भईरहेको छ ।

यसबाहेकका काम भने स्थगित भएको छ । त्यसैगरी झापामा ३३ करोड रुपैयाँ लागतमा मेची नदीमा एक दर्जन पुल निर्माणको चरणमा छन् । त्यस्तै, झापाकै चारआलीमा ४० किलोमिटिर सहायक सडकमा कालोपत्रेको काम भईरहेको छ । यसबाहेकमा उल्लेखनीय काम हुन सकेको छैन ।

आयोजना प्रमुख महत्तोले चालू आवमा तोकिएको कामका लागि बजेट अपुग भएको बताए । थप बजेट निकासाका लागि प्रयास गरेपनि प्राप्त हुन नसकेको उनले बताए । बजेट अभावका कारण निर्माण कम्पनीलाई निकासा दिन समस्या भएको उनले बताए ।

रतुवा पुलको वेहाल
राजमार्ग अन्तर्गतकै मोरङ र झापाको सिमानामा पर्ने रतुवामाई नदीको पुल पनि बेहाल छ । पुल निर्माण भएपनि नदीले पूर्वतर्फको क्षेत्र कटान गरेपछि सञ्चालनमै नआइ अलपत्र परेको छ ।

सुनसरी मोरङ पुल निर्माण आयोजनाले ११ करोड रुपैयाँ लागतमा २ सय ५ मिटर लम्वाईको यो पुल ७ वर्ष अघि निर्माण सुरु गरेको थियो । जसअनुसार निर्माण कम्पनी कालिका आशिष जेवीले ठेक्का पाएको पुल निर्माण ३ वर्ष अघि नै सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको छ ।

सुनसरी मोरङ पुल निर्माण आयोजना सुनसरीका प्रमुख कैलास शाहका अनुसार निर्मित पुल हस्तान्तरण नहुँदै नदीमा आएको बाढीले केही भाग बगाएको बताए । अहिले उक्त पुलको बीचभागमात्र छ । पुनर्निर्माण नगरिँदा पुल प्रयोगमा ल्याउन सकिएको छैन, यसका लागि पहल पनि भएको छैन ।

जनताको गुनासो – सरकारले हेप्यो

भारतका प्रधानमन्त्री तथा मन्त्रीहरू नेपाल भ्रमणमा आउँदा हुलाकी राजमार्गको चर्चा हुनेगर्छ । नेपालले मात्र होइन भारतले पनि यो राजमार्ग निर्माणमा चासो देखाउँदै आएको छ । तर, पनि यतिका वर्ष बितिसक्दा पनि राजमार्ग निर्माण हुन नसक्दा र निर्माण कार्य अत्यन्तै धिमा हुँदा स्थानीयवासीमा निरासा पैदा हुन थालेको छ । जसका कारण उनीहरूमा सरकारप्रति आक्रोस देखिन्छ ।

‘पछि सुरु भएको पूर्व–पश्चिम राजमार्ग उहिल्यै सम्पन्न भइसक्यो, पुरानो हुलाकी राजमार्ग जस्ताको तस्तै छ,’ झापा गौरीगञ्चका रामप्रसाद रौनियारले आक्रोस पोखे, ‘मधेसको बस्ती हुलाकी राजमार्ग वरपर नै छ, तर सडक छैन किन सरकारले यति विभेद गर्दै छ ?’ ५२ वर्षीय रौनियारले राजमार्ग सम्पन्न भएको खण्डमा आवत – जावत सहज हुनुका साथै उत्पादित कृषि उपजले बजार पहुँच पाउने बताए ।

हुलाकी राजमार्गको इतिहास

हुलाकी राजमार्ग पूर्व – पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किलोमिटर दक्षिणतर्फ भएर विस्तार हुन्छ । राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटोका रुपमा चिनिएको यस मार्गलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ ।

यो राजमार्गलाई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्गका रुपमा समेत चिनिन्छ । यो राजमार्ग पूर्व–पश्चिम ९ सय ७५ किलोमिटरमा फैलिएको छ । उक्त राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किलोमिटरको ३२ वटा सहायक राजमार्गहरू छन् । यो सहित जोड्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किलोमिटर छ ।

यो राजमार्ग निर्माणका लागि भारतीय प्रधानमन्त्री चन्द्रशेखरले ०४७ मा नेपाल भ्रमणकै क्रममा प्रतिबद्धता व्यक्त गरेका थिए । राजमार्ग निर्माणका लागि भारतीय सहयोगको सैद्धान्तिक सहमति भने ०६१ सालमा भएको थियो ।

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

विचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर
ताजा समाचार

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि
आर्थिक

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.