१५ जिल्लामा यसैवर्षभित्र राष्ट्रिय परिचय पत्र

विराटनगर,पुस ८
सरकारले चालु आर्थिक बर्षमा मुलुक भरका १५ जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ । पाँचथर जिल्लाबाट बाड्न सुरु भएको राष्ट्रिय परिचय पत्र यो आर्थिक बर्षमा सातै प्रदेशका १५ जिल्लाका १ सय ५६ स्थानीय तहका १४ सय २ वडाका ५८ लाख ५४ हजार २९४ जनालाई वितरण गर्ने बताइएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकण विभागले विराटनगरमा आज आयोजना गरेको अन्तरक्रिय कार्यक्रममा पहिलो चरणमा प्रदेश १ का झापा,संखुवासभा सहित मुलुक भरको १५ जिल्लामा यस आर्थिक वर्षबाट वितरण हुने जानकारी दिइयो छ । सरकारले अघिल्लो आर्थिक बर्षमा पहिलो चरणमा पाँचथर जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गरेको थियो ।सो जिल्लाका १ लाख १० हजार जिल्लाबासीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको थियो ।

त्यसैगरी सिंहदरवार भित्र कार्यरतm विशिष्ट व्यतिm र कर्मचारी गरी थप १० हजारलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसकिएको छ ।सरकारले अहिलेसम्म कुल १ लाख १७ हजारलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसकेको जनाएको छ । राष्ट्रिय परिचय पत्रबाट सबै प्रकारका बैकिङ तथा प्रसासनिक कामकालागी प्रयोग गर्न सकने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाकका महानिर्देशक दिपक काफ्लेले बताए ।

Advertisement

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले राष्ट्रिय परिचय पत्र कार्यान्वयमा आएपछि भ्रष्टचार मुक्त,अपराध मुक्त देश निर्माणमा महत्व पुर्ण सहयोग पुग्ने बताए । डिजिटल प्रदेश निर्माणमा पनि यसको सहयो महत्व पुर्ण रहने बताए । अन्तरक्रिाया कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु,प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु लगायतको सहभागिता रहेको थियो ।

सरकारले सवै भन्दा पहिले १ सय २ बर्षिया भगवतीदेवी भण्डारीलाई पहिलो राष्ट्रिय परिचय पत्र वितरण गरेको थियो ।भण्डारीले सोही कार्यक्रममा गृहमन्त्री रामबहादुर थापालाई पनि राष्ट्रिय परिचय पत्र वितरण गरेकी थिइ्न । राष्ट्रिय परिचयपत्रमा जैविक तथा वयक्तिक बिवरण र विद्युतीय चिप एंव सुरक्षण सहितको हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top