१५ दिनको बजार अनुगमनमा झण्डै साढे सात लाख रुपैयाँ जरिवाना असुल

२१ जेठ, काठमाडौं ।

सरकाले १५ दिनको बजार अनुगमनको क्रममा सात लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

गएको वैशाख १६ देखि ३१ गतेसम्म काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गरेको अनुगमनमा कालोबजारी गर्ने र उपभोक्ता ठगी गर्ने ३६ व्यवसायीलाई कारबाही गरी सात लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी तथा प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए । उनले निषेधाज्ञा सुरु भएदेखि नै बजार अनुगमनलाई प्रभावकारी बनाएको दाबी गरेका छन् ।

Advertisement

नियमित जस्तै हुँदै आएको बजार अनुगमनलाई वैशाख १६ गतेदेखि वैशाख मसान्तसम्म थप प्रभावकारी रुपमा अनुगमन गरिएको थियो । विशेषगरी खाद्य र औषधि पसलमा गरिएको अनुगमनबाट ३६ जना व्यवसायी कारबाहीमा परेका हुन् ।

विभागले जेठ महिना सुरु भएपछिको तथ्याङ्क भने सार्वजनिक गरेको छैन । विभिन्न जिल्लाहरुमा, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अहिले पनि निरन्तर अनुगमन चलिरहेको र यो अवधिमा पनि धेरैलाई कारबाही गरिएको विभागले जनाएको छ ।

Advertisement

अनुगमनको क्रममा गएको वर्ष जस्तो कृत्रिम अभाव सिर्जना गर्ने, मनपरि भाउ बढाउने जस्ता धेरै घटना नभेटिए पनि केही व्यापारी तथा फर्महरुले भने त्यस्ता क्रियाकलाप गरेको भेटिएको छ ।

विभागका सूचना अधिकारी तथा प्रवक्ता सेढाईँले भने . ‘खानेतेल लगायत केही दैनिक उपभोग्य वस्तुको भाउ बढेको भनेर उपभोक्ताले गरेका गुनासो सही हो । तर खानेतेलको भाउ एक्कासी बढेको होइन । अघिल्लो वर्षदेखि नै निरन्तर बढिरहेको छ । ’

सम्बन्धित व्यवसायीलाई पटक–पटक मूल्यवृद्धिको कारणबारे सोधिएको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुले कच्चा पदार्थको भाउ बढेकाले मूल्य बढेको बताएका छन् ।

यस्तै विभागले व्यक्तिगत रुपमा २१ वटा सम्बन्धित उद्योगलाई भाउ बढ्नुको कारणबारे सोधेको छ । साथै उनीहरुको आयात र बिक्रीवितरणको बारेमा पनि जानकारी लिइएको छ ।

अनुगमनको क्रममा वस्तुको उपलब्धता सामान्य र सहज तरिकाले नै भइरहेको पाइएको छ । तर मूल्य बढेको भनेर केही गुनासो आएको छ ।

केही दिन अगाडि पनि भाउ बढाएको भनेर तीन वटा खाने तेल उद्योगलाई कारबाही गरिएको थियो । अहिलेको अनुगमन मूल्य र गुणस्तर केन्द्रीत गरिएकाले त्यहीअनुसार कारबाही पनि भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top