२०७२ वैशाख १२ को महाभूकम्पको तस्विर पुस्तक अमेरिकामा सार्वजनिक

१२ माघ, वासिङटन ।
नेपालमा २०७२ साल वैशाख १२ गते विनाशकारी महाभूकम्पका कारण दशौं हजारले ज्यान गुमाए ।

लाखौंको घरबार विहिन भयो । भूकम्पको त्यो कहालीलाग्दो क्षण अहिले पनि हामी नेपालीको स्मरणमा ताजै छ । तर, हाल अमेरिकामा रहेका फोटो पत्रकार कुमार श्रेष्ठले वैशाख १२ को विनाशकारी भूकम्पलाई तस्विर पुस्तकको रुपमा ल्याएका छन् ।

उनीद्वारा खिचिएका महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

Advertisement

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै राजदूत कार्कीले श्रेष्ठद्वारा कैद गरिएको फोटोकथा हेरेपछि आफूलाई २०७२ साल बैशाख १२ को महाभूकम्पको दर्दनाक स्मरण भएको बताए । ‘यो पुस्तक हेरेपछि मलाई त्यो समयको दर्दनाक स्थितिको स्मरण भयो ।

यसलाई पुस्तकको रुपमा देख्न पाउँदा म त्यतिबेला ज्यान गुमाउने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु,’ राजदूत कार्कीले भने,‘यो पुस्तकलाई नेपाली समाजसम्म पुर्याउन सकियोस् ।

Advertisement

भूकम्पले पुर्याउने मानविय क्षती र त्यसको प्रभावको विषयमा विश्वमा नै यो पुस्तकले नयाँ सन्देश दिनेछ ।’ त्यस्तै अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले पुस्तकले प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो मुलुकको दुखद क्षण याद दिलाउने बताइन् ।

‘यो पुस्तकले हामी प्रवासमा बसेका नेपालीहरुलाई त्यो समयको दुखको क्षण याद दिलाउँछ । हामीले भूकम्पको समयमा नेपालमा जति सहयोग गर्न पायौँ । त्यसमा हामी खुसी छौँ,’ उनले भनिन्,‘यो पुस्तक एउटा इतिहासको दस्ताबेजिकरण हुनेछ । हामीले संरक्षण गरेर राख्नुपर्छ ।’

फोटो पत्रकार कुमार श्रेष्ठले आफूले यो पुस्तकमा नेपालमा २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५७ मिनेटको समयदेखि उद्दारसम्मका २ सय तस्विर सामेल गरेको बताए ।

यो तस्विर कथा ईतिहासको जिवित कथा हुने उनले बताए । ‘नेपालमा गएका भूकम्पहरु मध्ये १९९० को भूकम्पका कथाहरु हामीले सुनका छौँ । तर, जिवित तस्विरको रुपमा हामीसँग त्यो समयको पुस्तक छैन,’ उनले भने,‘हामीले यसलाई कथा र किम्बदन्तीको रुपमा मात्रै होइन जिवित बनाउने प्रयास स्वरुप पुस्तकको रुपमा ल्याएका हौँ ।

यो पुस्तकले आगामी दिनमा आम मानिस जनधनको सुरक्षा गर्न सचेत हुनेछन् । यो पुस्तक अमेजनबाट किन्न सकिनेछ । नेपालका लागि निकट भविष्यमै नेपालमै मुद्रण गरिनेछ ।’

त्यस्तै उनकाअनुसार यो पुस्तक बिक्रीपश्चात आउने रोयल्टीबाट नेपालका लागि पूर्व अमेरिकी रजदूत स्कटएच डेलिसिले नेपालमा भूकम्पपछि सहयोगकालािग सञ्चालन गरेको संस्था स्वरवेय फाउन्डेशनलाई सहयोग गरिनेछ ।

केही रकम भने अमेरिका नेपाल सोसाइटीलाई सहयोग गर्ने र बाँकी सबै रकम सामाजिक कार्यमा खर्च गर्ने श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।पुस्तकमा २ सयवटा तस्विर रहनेछन् ।

त्यस्तै सन् २०१५ अप्रिल २५ नेपालमा भुकम्प आएकाले सोही मिति पारेर ‘४२५’ पुस्तकको नाम दिइएको श्रेष्ठले बताए ।यो समाचार आजको नेपाल समाचारपत्रमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top