२० भन्दा बढीको समुहद्धारा महोत्तरीको भङ्गाहामा डकैती :पाँच घाइते,१० लाख बढी लुटियो

२२ भदौ ७५, शनिबार

बर्दिवास, भदौ २३
महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–६ जमुनियाँमा शुक्रबार राति डकैती भएको छ ।जमुनियाँका अर्जुन भुजेलको घरमा शुक्रबार मध्यरातको समयमा २०/२२ जनाको समूहमा पुगेका डाँकाले बन्दूक र खुकुरी चलाएर पाँच जनालाई घाइते बनाएर रु १० लाखभन्दा बढी मूल्यको धनमाल लुटेर लगेका पीडित परिवारले बताएका छन् ।

मध्यरातको समयमा डाँकाले घरधनी अर्जुन भुजेल सुतेका कोठा धम्क्याएर खोल्न लगाएलगत्तै बन्दुक चलाएका थिए ।
डाँका भित्र पसेपछि डाँकालाई छलेर भाग्ने क्रममा अर्जुनको गाला र अनुहारमा डाँकाले चलाएको बन्दुकको छर्रा लागेको जनाईएको छ ।

कालो नकाव लगाएका डाँकाले अर्जुनकी पत्नी अञ्जुदेवी, छोराहरु दीपेन्द्र र अमित एवं साला सुमित बुढाथोकीलाई शरीरका विभिन्न अङ्गमा खुकुरी चलाएर घाइते बनाएका छन् ।डाँकाहरुले बन्दुक चलाएर सानो बस्तीलाई शसंकीत बनाएका थिए ।

Advertisement

घरका परिवारजन भाग्न थालेसँगै घरमा रहेका सुनचाँदीका गहना, धातुका भाँडा र नगदसहित रु १० लाख मूल्य बराबरको धनमाल लुटेर डाँका फरार भएका थिए । सो घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ ।

घाइते पाँचै जनाको अहिले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै शङ्कास्पद ठाउँमा डाँकाको खोजीमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top