२४ घण्टामा थप १०३१९ जनामा कोरोना सङ्क्रमण पुष्टि

१० माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार तीन सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी २१ हजार दुई सय एक जनाको नमुना परीक्षण गर्दा ४८ दशमलव ६७ प्रतिशत अर्थात् १० हजार तीन सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो दुई हप्तादेखि सङ्क्रमण दर ५० प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

Advertisement

यस्तै थप दुई हजार पाँच सय ४० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २४ हजार दुई सय ३९ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार पाँच सय ५० जना पुगेको छ ।

काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार आठ सय जना नाघेको छ । काठमाण्डौ जिल्लामा मात्रै ३८ हजार पाँच सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Advertisement

अहिले देशभरि दुई सय ३८ जनाको आईसीयू र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा थप चार जनाको ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५ सय ५९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख १९ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड २९ लाख ६६ हजार जनाले पूर्ण मात्रा र एक लाख ६८ हजार नौ सय जनाले अतिरिक्त मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top