२४ घण्टायता देशका ७२८ स्थानमा डढेलो, ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित

२३ चैत, काठमाडौँ । नेपालमा पछिल्लो समय नै मानिसको ज्यानै लिने डढेलो फैलिँदै गएको छ । विभिन्न वन क्षेत्रमा बढ्दो क्रममा रहेको डढेलोबाट मृत्यु हुनेको यकिन तथ्याङ्क सङ्कलन हुने क्रम जारी छ ।

मानिसको ज्यान लिने गरी २०६६ सालमा ने पालमा डढेलो लागे को थियो । त्यो बेला ४९ जनाको यसरी नै आगो निभाउने क्रममा ज्यान गएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख यता हालसम्म दुई हजार ३१३ वटा डढेलो सहितका भौतिक आगलागीका घटना भएका छन् ।

जसमा परेर ८६ जनाको मृत्यु भएको छ । ती घटनामा परे ३५५ जना घाइते भएका छन् । यी घटनाका कारण एक अर्ब ७० लाख रुपियाँभन्दा बढीको नो सान भएको प्राधिकरणले जनाएको छ ।

Advertisement

पानी परेपछि करिब तीन दिन मत्थर भएको डढेलो र आगलागी पुनः बढेको हो । वन मन्त्रालयअन्तर्गत रहेको वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७२८ स्थानमा डढेलो र आगलागी भएका छन् ।

डढेलोबाट ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित बनेको जनाइएको छ । एउटै जिल्लामा पनि धेरै स्थानमा डढेलो लाग्दा कतिपय गाउँ नै खतरामा परेका छन् ।

Advertisement

जसअनुसार सबैभन्दा बढी सुर्खेतमा ६५ स्थानमा डढेलो लागेको छ । त्यसपछि चितवनमा ४८, डडेल्धुरामा ४७, दाङमा ४६, सल्यानमा ४१, प्युठानमा ३२, डोटीमा २८, कैलालीमा २७ र बाँकेमा २६ स्थानमा डढेलो र आगलागी भएका छन् ।

त्यस्तै कञ्चनपुरमा २५, मकवानपुरमा २१, पर्सामा १७, जाजरकोटमा १६, अर्घाखाँचीमा १५, खोटाङ/अछाममा १३/१३, दैलेख र कपिलवस्तुमा १२/१२, नवलपुरमा ११ र सिन्धुलीमा १० स्थानमा डढेलो लागेको छ । राष्ट्रिय विपत् जो खिम न्यूनीकर ण तथा व्यवस् थापन प्राधिकर णका डढे लो विज्ञ सुन्दर शर्माका अनुसार अबको डेढ महिना नेपाल डढेलोको उच्च जोखिममा छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

सम्बन्धित समाचार

Scroll to Top