NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै सोमवार अशोज २७ , २०८२
ओली राजीनामा दिँदै नदिने, सडक तताउने सोमवार अशोज २७ , २०८२
सुरु भयो चिसो र हुस्सु सोमवार अशोज २७ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

२५ वर्षपछि बैतडीकाे पाटन विमानस्थलमा हवाई उडान सुचारु

शुक्रबार अशोज ३० , २०७७
Reading Time: 1 min read
A A
२५ वर्षपछि बैतडीकाे पाटन विमानस्थलमा हवाई उडान सुचारु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० असाेज, बैतडी ।

सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल बैतडीको पाटन विमानस्थलबाट २५ वर्षपछि हवाई उडान सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो ।

विसं २०५२ सालदेखि बन्द रहेकोे विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए । समिट एअरले हप्ताको एकदिन उडान भर्ने गरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको हो ।

LS Auto

उनका अनुसार पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी र बैतडीबाट ७ यात्रु लिएर धनगढी फर्केको छ । पहिलो दिन शुक्रबार हवाई उडान गरिएको भए पनि अबदेखि बैतडीमा हप्तामा एक दिन मङ्गलबार नियमित उडान हुने समिट एअरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिए ।

धनगढीबाट हरेक मङ्गलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने उनले बताए। धनगढीबाट बैतडीको भाडा तीन हजार आठ सय रुपैयाँ तोकिएको छ ।

विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल फेरि सञ्चालनमा आएपछि उत्साह थपिको स्थानीय कृष्ण पन्तले बताए ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले ११ करोडमा विमानस्थल कालोपत्रको काम गत माघमा सम्पन्न गरेको थियो । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको थियो भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिएको हो ।

यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले पाटन विमानस्थलको निरीक्षणसमेत गरेको थियो ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो ।  २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

लोकप्रीय

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

विचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

थप समाचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै
खेलकुद

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै
ताजा समाचार

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

सुरु भयो चिसो र हुस्सु

सोमवार अशोज २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.