२६ दिनदेखि बेपत्ता रमिलाको शव कोशी नदीमा बोरामा भेटियो

१३ चैत ७५, बुधबार
Share this
816shares

विराटनगर, चैत १३
गत फागुन १७ गते हत्या गरिएकी बेलबारीकी रमिला राईको शव २६ दिनपछि कोसी नदीमा फेला परेको छ ।सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेजबाट फेला परेको हो ।

Advertisement

राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोजे पनि फेला परेको थिएन । बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा राईको शव सप्तकोसी नदीबाट निकालिएको थियो ।

नदीमा बोरामा शव देखेपछि स्थानीयहरुले प्रहरी लाई खबर गरेका थिए । स्थानीय प्रहरीको अनुरोधमा कोशी ब्यारेजका केही युवाले करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदीबाट शव बाहिर निकालेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी र रमिलाका आफन्त समेतको टोली सप्तकोसी पुगेका थिए ।

Advertisement

आफन्तले पनि शव रमिलाकै भएको भनी स्वीकार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले जानकारी दिए । नेकपाका नेता समेत रहेका योगेन्द्र गुरुङले हत्या गरेर कोसी नदीमा शव फालेको प्रहरीलाई बयान दिएदेखि नै प्रहरीले शव खोजी कार्य जारी राखेको थियो । पक्राउ परेका गुरुङले हत्या गरेर सप्तकोसीमा शव फालेको बताएका थिए । यद्यपी सो शव रमिलाकै भएको औपचारिक रुपमा पुष्ठी भइ सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top