४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

२९ चैत ७७, सोमबार

३० चैत्र, काठमाडौं ।
मध्यपुर थिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन् ।

Advertisement

गत वर्ष कोभिड–१९ का कारण जात्रा सञ्चालन नहुँदा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष निरन्तरता पाउने भएपछि जिब्रो छेड्न श्रेष्ठ तयार भएका हुन् ।

मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत उनले कोरोना महामारी सुरु भएसँगै गत वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाउँदै आएका छन् ।

Advertisement

बुद्धकृष्णले भने, मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले गत वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जिब्रो छेड्न पाइन, यस वर्ष वैशाख २ गते आठौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने निर्णय गरेको छु ।

नगरपालिकाले यस वर्ष बिस्केटका कुनै पनि जात्रा र पर्व नरोकिने सूचना जारी गरेपछि मध्यपुर थिमिमा मनाइने सबै जात्रा सञ्चालन हुने भएका हुन् ।

Advertisement

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोनाको बाहनामा यस वर्ष यहाँका कुनै पनि जात्रा पर्व नरोकिने बताउँदै सबै जात्रामा उत्साहपूर्वक नागरिकलाई आह्वान गरेका छन् ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top