५० प्रतिशत यात्रु बोकेर विमान चलाउन सकिँदैनः वायुसेवा सञ्चालक

१ असोज, काठमाडौं । निजी क्षेत्रको वायुसेवा छाता संगठन ‘वायुसेवा सञ्चालक संघ नेपाल’ (एओएएन)ले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको बताएको छ ।

एओएएनले एयरक्राफ्टमा ५० प्रतिशत मात्रै यात्रु राख्ने र ५० प्रतिशत भाडादर बढाउने सरकारको निर्णय व्यवहारिक नभएको बताएको हो । एओएएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एयरक्राफ्टमा पूर्ण क्षमतामा यात्रु राखी पूरानै भाडादरमा सञ्चालन गर्न दिएमात्रै आफुहरुले उडान सूचारु गर्न सक्ने बताए ।

बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष थापाले संकटको बेला यात्रुबाट ५० प्रतिशत थप भाडा लिनु न्यायोचित नभएको पनि स्पस्ट पारे । उनले ५० प्रतिशत यात्रु बोक्नै पर्ने भए सरकारले सहुलियत प्रदान गर्नुपर्ने बताए ।

Advertisement

सरकारले कुन आधारमा यात्रुसँग ५० प्रतिशत बढी भाडा लिन र एयरक्राफ्ट भित्र ५० प्रतिशत यात्रु राख्न भन्यो आफुहरुले बुझ्न नसकेको थापाको भनाई छ ।

एयरलाइन्स घाटामा गएपनि भाडादर नबढाइकन उडान गर्न आफुहरु सक्षम रहेको पनि थापाले स्पस्ट पारे । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने तर देश भित्रै कम समयका लागि उडान गर्ने एयरक्राफ्टले पूर्ण क्षमतामा यात्रु बोक्न नपाउने सरकारको निर्णय भ्रामक भएको पनि उनको भनाई छ ।

Advertisement

६० प्रतिशत यात्रु बोकेपछि मात्रै एयरलाइन्सको लागत उठने र ७५ प्रतिशत सम्म यात्रु बोक्न पाए केही नाफा हुन सक्ने भएकाले सरकारले पूर्ण क्षमतामा एयरलाइन्स सञ्चालन गर्न दिनुपर्ने थापाले बताए ।

यस्तो निर्णयले एयरलाइन्स क्षेत्रको विकासका लागि सरकार कत्तिको संवेदनशिल छ भन्ने स्पस्ट भइसकेको पनि क्याप्टेन थापाले बताए ।

आफुहरु अन्तर्राष्ट्रिय मापदण्ड र सरकारले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी उडान गर्न सक्षम भएपनि सरकारको निर्णय अनुसार उडान गर्न सक्ने स्थिति नरहने उनले स्पस्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top