६ हजार भाइल रेमडेसिभिर आयात

१६ कात्तिक ७७, सोमबार

पर्सा : कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको औषधि ‘रेमडेसिभिर’ ६ हजार भाइल वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल साहका अनुसार यो नाकाबाट हालसम्म भारतमा निर्मित ६ हजार भाइल रेमडेसिभिर आयात भइसकेको छ । ‘निजी क्षेत्रका तीन आयातकर्ताले आवश्यक प्रक्रिया पूरा गरी तीन वटा कन्साइन्मेन्टमा रेमडेसिभिर औषधि भारतबाट आयात गरेका हुन्,’ उनले भने, ‘यसको आयात गर्दा ५ प्रतिशत भन्सारबाहेक अन्य शुल्क लाग्दैन ।’

नारायणी अस्पतालका डा. उदयनारायण सिंहले विश्वमै हालसम्म कोरोना संक्रमितको उपचारमा सर्वाधिक प्रभावकारी मानिएको र प्रयोग गरिएको एक मात्र औषधि रेमडेसिभिर रहेको दाबी गरे । ‘भारत, बंगलादेश र अमेरिकाजस्ता मुलुकले ठूलो परिमाणमा यो औषधि उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘निमोनियाका गम्भीर खालका बिरामीलाई यो औषधि उपयोगी छ । हामीले पनि कोरोना संक्रमित बिरामीको उपचारमा यो औषधि प्रयोग गरेका हौं ।’ सुरुमा इबोला भाइरस संक्रमित बिरामीको उपचारमा उपयोगी सावित यो औषधि हाल कोरोना संक्रमितको उपचारमा पनि उपयोगी भइरहेको उनले बताए ।

Advertisement

कोरोना महामारी फैलिएपछि अमेरिकाले समेत भारतबाट ठूलो परिमाणमा यो औषधि आयात गरेको थियो । ‘अमेरिकामा गरिएको शोधले कोरोना संक्रमितको उपचारमा यो औषधि अत्यन्त प्रभावकारी पाइयो,’ उनले भने, ‘तर विश्व स्वास्थ्य संगठनले अझै पनि यो औषधिलाई कोरोना संक्रमितको उपचारमा पूर्ण प्रभावकारी रहेको स्विकारेको छैन, उसले यो औषधिलाई संक्रमितको उपचारमा आंशिक मात्र प्रभावकारी रहेको र यसले मृत्युदर घटाउने दाबी गर्दै आएको छ ।’

कोरोनाविरुद्धको खोप आइनसकेको र उपचारमा उपयोगी विशेष औषधि उत्पादनसमेत नभएको अवस्थामा रेमडेसिभिरले लामो समय भरथेग गर्ने अनुमान डा. सिंहको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top