९५ प्रतिशत रोपाइँ सकियो

३ साउन ७८, सोमबार

४ साउन, नवलपरासी ।

(बर्दघाट–सुस्तापूर्व)मा ९५ प्रतिशत रोपाइँ सकिएको छ । समयमै मनसुन शुरु भएका कारण यस वर्ष असार मसान्तसम्म बर्खेधानको ९५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

“यस वर्ष समयमै पानी पर्यो, जिल्लामा मल बीउको समेत अभाव भएन । त्यसैले असार सकिने बेलासम्म ९५ प्रतिशत रोपाइँ सकियो”, कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी शङ्कर पौडेलले भने ।

Advertisement

साउनको पहिलो हप्तासम्म जिल्लामा रोपाइँ हुने सबै क्षेत्रमा बर्खेधान रोपेर सकिने पौडेलले बताए । यस वर्ष जिल्लामा २० हजार ८७० हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ हुने सूचना अधिकारी पौडेलले जानकारी दिए ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ६० हजार ६६७ हेक्टर खेतीयोग्य जमीन भएको भन्दै पौडेलले २७ हजार ३६१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको बताए ।

Advertisement

“नवलपुरमा खेतीयोग्य जमीन र सिँचाइ हुने जमीनको तुलनामा धान खेती हुने क्षेत्रफल निकै नै कम छ”, सूचना अधिकारी पौडेलले भने, “अघिल्लो वर्ष २० हजार ९९० हेक्टर क्षेत्रफलमा बर्खेधान लगाइएको थियो तर यस वर्ष बर्खेधान रोपाइँ हुने क्षेत्रफल घटेको छ ।” कृषक नगदे बालीमा आकर्षित हुनु तथा खेतमा प्लटिङ गर्ने परिपाटी बढ्दै जानुले समेत बर्खेधान लगाइने क्षेत्रफल खुम्चिँदै गएको पौडेलले बताए ।

जिल्लामा सावित्री, रामधान, सावा मन्सुलीलगायतका धान बर्खेधानका रूपमा लगाउने गरिएको छ । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top