×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकी सैनिकमा कोरोना भाइरस देखियो

१४ फाल्गुन २०७६

१४ फागुन, एजेन्सी ।
दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा रहेको युनाइटेड स्टेड फोर्सेज कोरिया (यूएसएफके) मा कार्यरत अमेरिकी सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएको यूएसएफकेको जनसम्पर्क विभागले जानकारी दिएको छ ।

दक्षिण कोरियाको क्याम्प क्यारोलमा रहेका २३ वर्षीय सैनिकलाई कोरोना संक्रमण देखिएको हो। यूएसएफके र कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र(केसीडीसी) का स्वास्थ्यकर्मीहरुले उनको स्वास्थ्य क्याम्पमा रहेका अन्य सैनिकमा संक्रमण भएको नभएको जाँच गरिरहेका छन्।

कोरियाली प्रायद्वीपमा रहेका अमेरिकी सेनामा संक्रमण नहोस् भनेर पूर्ण रुपमा सावधानी अपनाइएको यूएसएफकेले जनाएको छ। अमेरिकी सेनाको बेस क्याम्प ‘क्याम्प क्यारोल’ दक्षिण कोरियाली सहर डेइगुबाट २२ किलोमिटर मात्रै टाढा रहेको छ।

जहाँ कोरोना भाइरसको प्रकोप फैलिइरहेको छ। ती सैनिक डेइगुबाट ४ किलोमिटर टाढा रहेको क्याम्प वाकर पनि पुगेको यूएसएफकेले जानकारी दिएको छ।

पछिल्लो समय चीनमा तुलनात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम भए पनि दक्षिण कोरिया, इटाली र इरानमा भने बढी देखिएको छ। दक्षिण कोरियामा मंगलबार थप १६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार बिहानसम्म दक्षिण कोरियामा एक हजार एक सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार बिहानसम्म दक्षिण कोरियामा १२ जनाको मृत्यु भएको छ।

त्यस्तै इरानमा बुधबार बिहानसम्म १६ जनाको मृत्यु भएको छ। त्यस्तै ९५ जनाको कोरोना संक्रमण देखिएको छ। इटालीमा ११ जनाको मृत्यु भएको र ३२३ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top