१५ वैशाख, काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नई आज हैदराबादलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ ।

चेन्नईले अहिलेसम्म खेलेका ५ खेलमा चारमा जित निकाल्दै ८ अंक जोडेको छ । अंक तालिकाको पुछारमा रहेको हैदराबाद भने ५ खेलमा २ अंक जोडेर पुछारमा छ ।

अहिलेसम्म खेलेको पाँच खेलमा चारमा हार बेहोरेको हैदराबाद आज दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top