×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

आजको सम्बोधनमा प्रधानमन्त्री ओलीले के भने ?

१ बैशाख २०७८

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ बर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दे अनेकन असहज परिस्थितिका बाजबुत २०७७ साल सफल बर्षको रुपमा रहेको बताएका हुन् । कोभिड १९ को महामारीले विश्वनै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परेको भएपनि २०७७ सालमा ठूला दीर्घकालिन महत्वका काम भएको दाबी गरे । उनले प्रतिकुलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको बर्ष रहेको बताए । कोभिड १९ महामारी संगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखापरेपनि गतबर्ष उपलब्धिको बर्ष रहेको उनले बताए । दशकौ पछिको सफलता प्राप्त गर्दे मेलम्चीको पानी काठमाण्डौ आईपुगेको, अतिक्रमित भूमि फिर्ता, पुर्ननिर्माणका कामहरुले पुर्णता पाउने क्रम तिब्र गतिमा बढेको तथा नयाँ नयाँ असाधारण र दुरगामी महत्वका कामहरु बढेको पनि उनले उल्लेख गरे । उनले आफ्नो भूभाग समेत सामेल गरेर नया नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी गरे ।

सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको सिलन्यास गरेको र लगानीका लागि शान्तिपुर्ण र अनुकुल वातावरण बनेको उनले बताए । कोभिड १९ महामारीको प्रतिकुल अवस्थामा पनि अनलाईन र विभिन्न माध्यमका शिक्षण विधि अघि सारेर बालबालिकालाई शिक्षा प्रदान गरिएको र सामाजिक जनजीवनलाई सामान्य अवस्थामा राख्ने प्रयास गरेको दाबी पनि उनले गरे । कोघिड १९ को महामारी कसैका लागि पनि सकारात्मक नभएको भन्दै उनले त्यसबाट अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा असर पुर्याएपनि सरकारले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिदै आएको स्पष्ट पारे ।

आशा जगाउने काम भएका छन्
प्रधानमन्त्री ओलीले जनतालाई आशा जगाउने गरी विकास निर्माणका कामहरु भईरहेको बताए ।

सरकारले गरेका कामहरु नदेख्ने समुहले निरन्तर जनता भड्काउने प्रयास भईरहेपनि सरकारका क्रियाकलापप्रति आशा र भरोसा जगाउने कामहरु लगातार भईरहेको दाबी उनले गरे । उनले प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्नेगरेको, प्रति १२ वटा आवासगृह निर्माण भईरहेको, पुर्वदेखी पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, मध्यपहाडी राजमार्ग (पुष्पलाल), मदनभण्डारी राजमार्ग, पुर्वपश्चिम राजमार्ग लगायत राजमार्गको स्तरोन्नति र निर्माणको कम भईरहेको फेयरिस्त प्रस्तुत गरे । उनले महिनाको १ सय बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता भत्ता दिनको १ सयमा पुगेको उल्लेख गर्दे उनले आगामी आर्थिक बर्षदेखि लागुहुनेगरी सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जानकारी दिए । ५ लाखको संख्यामा सामाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या थपिएका, २०७५ मंसिर ११ गतेबाट नै मजदुरका लागि योगदानमा आधारिक सामाजिक सुरक्षा भत्तासुरु गरेको तथा भुकम्पबाट क्षतिग्रस्त धरहरा पुर्ननिर्माण भई ११ दिनपछि उद्घाटन गर्ने पनि उनले उल्लेख गरे । उनले भने “विभिन्न क्षेत्रमा ठूलो प्रगति गरेका छौ । पुर्ननिर्माण प्राधिकरणले असाधारण काम गरेको छ । ” हवाई मैदान र त्रिभुवन विमानस्थल लगायतका विमानस्थलमा नयाँ पन ल्याईएको, विद्यालयहरु पुर्ननिर्माण हुने क्रम बढेको भन्दै उनले कुनै पनि विकासको श्रेय लिने होडबाजीमा सरकार नलागेको बताए । उनले भने “मेलम्चीको पानी ल्याउने सपनामा जस लिने, श्रेय लिने । हामीलाई जस वा श्रेय लिने होडवाजीमा सामेल हुनुछैन । हामीलाई देशलाई माथि उठाउनु छ । आधुनिकीकरण गर्नु छ । विज्ञान प्रविधिको काम गर्नु छ र देशलाई अघि बढाउनु छ । देशलाई डिजिटल प्रणालीमा लैजानु छ । ” २०७८ साल भित्र सडक बालबालिकाको अन्त्य गर्ने बताएको र त्यो पुरा गर्ने दोहोर्याए । सहारा गुमाएका ज्येष्ठ नागरिक र अभिभावक गुमाएका बालबालिकाको सहारा सरकार रहेको भन्दै सबैले सम्मानित जीवन बाँच्न पाउने स्थितिको निर्माण सरकारले गर्ने बताए ।

उनले भने “यो २०७८ साल भित्र सडक बालबालिका, सडक मानव र सडकमा भिक्षाम् देही भन्ने स्थिति अन्त्य गर्ने भन्ने कुराहरु पुरा गर्छौ भनेर भनेका छौ । २०७७ सालमा नै क्याम्पेन गरेर सडकबालबालिका नरहेको स्थिति बनाईसक्यौ । ” एसिड आक्रमण विरुद्ध, बलात्कार र बलात्कार पछिको हत्या नियन्त्रण गर्नका लागि सरकारले अध्यादेश मार्फत कडा कानुन ल्याएको भएपनि संसदमा पेश गर्न नदिईएको गुनासो गरे । पुर्नस्थापना पछिको संसदको पहिलो बैठनै संसद चल्न नदिएर अप्रिय र अशोभनिय स्थिति संसदमा देखिएको टिप्पणी उनले गरे ।

हिंसा अन्त्य भएको
२०७६ सालमा पृथकथावादी सोच सहित अघि बढेको समुहलाई राष्ट्रिय राजनीतिमा समाहित गराएको र २०७७ सालमा हिंसाको बाटो लिईरहेको समुहलाई शान्तिपुर्ण धारमा फर्काउन सफल भएकालेले मुलुकबाट हिंसाको राजनीतिको अन्त्य भएको प्रधानमन्त्रीले दाबी गरे ।

हिंसाको बाटोमा लागेको समुह राष्ट्रिय राजनीतिको मुलधारमा फर्कनुले राजनीतिक अभिष्ट संबैधानिक र कानुनको मुलधारबाट नै प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई स्थापित गरेको बताए । उनले २०७७ सालमा लुम्बिनीमा ५ हजार क्षमताको सभाहल सञ्चालनमा आएको, गोदाबरीमा ३ हजारक्षमताको सभाहल र संसद भवन निर्माणको काम भईरहेको उल्लेख गर्दे जनतामा आशा जगाउने ढंगले विभिन्न विकास निर्माणका काम भईरहेको बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top