११ चैत, काठमाडौँ । नेपाली सेनाले यस वर्षको घोडेजात्रा कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड( १९) को संक्रमण विश्वभर फैलिइरहेको र नेपालमा पनि प्रभाव देखिन लागेको भन्दै घोडेजात्रा समारोह स्थगित गरिएको सेनाले जनाएको छ ।

सेनाले यसअघि नै ठूलो भेला नगर्न आन्तरिक सर्कुलर जारी गरिसकेको छ । सरकारले पनि २५ जनाभन्दा बढी भेला नहुन सार्वजनिक आह्वान गरेको छ । सरकारले कोरोना रोकथाम र निर्मूल गर्न लिएका निर्देशन बमोजिम उक्त समारोह स्थगित गरिएको सेनाले जनाएको छ ।

सेनाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका हरेक निर्देशन पालना गर्न तयार रहेको जनाएको छ । कोरोनाले निम्त्याउने परिस्थितिसँग सामना गर्न सेना तयार रहेका र संक्रमण नियन्त्रण तथा बिरामीको उपचारका लागि तयारी थालिएको पनि सेनाले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top