×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्याे

२३ आश्विन २०७७

२३ असाेज, काठमाडाैँ ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ । आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो ।

आज १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपर १ सय ६३ जना गरी उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् ।

यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ८७ वर्षिया एक महिला सहित १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका २९ वर्षिय, ५२ वर्षिय पुरुष, सुनसरीका ४६ वर्षिय, ५२ वर्षिय र ६८ वर्षिय पुरुष रहेका छन । यस्तै काठमाडौंका ७१ वर्षिय, ललितपुरका ८४ वर्षिय, रुपन्देहीका ४७ वर्षिय र ८४ वर्षिय पुरुष रहेका छन् ।

देशभरी सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ७७, प्रदेश नम्बर २ मा ४ सय ५८, बागमती प्रदेशमा ७ हजर ६ सय ३४ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा ११ सय ८, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा २ सय ७ गरी देशभरी ११ हजार १ सय ७६ संक्रमित संस्थागत आइसोलसनमा रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार २४, प्रदेश नम्बर २ मा ५ सय ३, बागमती प्रदेशमा १० हजार ५ सय १२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय १३, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९६ जना गरी देशभरी १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् ।

आज १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३ सय ३७, प्रदेश नम्बर २ मा १४ हजार ९ सय ८१, बागमती प्रदेशमा २६ हजार ४ सय ८७ र गण्डकी प्रदेशमा ४ हजार ७८ डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ३ सय ९२, कर्णाली प्रदेशमा ३ हजार ३ सय ५० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ९८ गरी देशभरी ७३ हजार ३२ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने बताएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने प्रवक्ता डा. गौतमले बताए। यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए ।

दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top