×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालमा नयाँ प्रकारको कोरोना फैलिसकेको हो ? (भिडियो सहित)

२२ चैत्र २०७७

२२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै नयाँ प्रकारको कोरोना भाइरसले पनि प्रवेश पाएको छ ।

भारतसहित ब्राजिल, बेलायतमा त्रसित बनाइरहेको नयाँ कोरोना भाइरसको संक्रमणले नेपालमा समेत डर पैदा गरेको छ । अलिक बढि संक्रामक भनिएको नयाँ प्रकारको कोरोना भाइरसका तीन जना संक्रमित नेपालमा भेटिएका छन् । सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक र एक जनामा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले पुष्टि गरेका छन् । कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएका छन । योसँगै भारत संसारमा दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो नम्बरमा पुगेको छ ।

खुला सिमाना भएको भारतबाट दैनिक हजारौँको संख्यामा मानिसहरु आवतजावत हुने, रोजगारीका लागि भारत गएका नेपालीहरु भारतमा बढेको संक्रमणबाट बच्न नेपाल आउने र नेपाल प्रवेश गर्दा सुरक्षाका मापदण्ड पालना नगर्ने परिपाटीले नेपालमा संक्रमणको अवस्था भयावह हुने सम्भावना बढेको छ । दैनिक करिब २ सयको हाराहारीमा संक्रमित थपिँदै गरेको अवस्थामा नयाँ प्रकारको कोरोनाका संक्रमित नेपालमा पुष्टि हुँदा समाजमा संक्रमण फैलिसकेको देखिएको छ । ट्राभल हिस्ट्री भारत भएका नेपालीमा संक्रमण देखिनु र बढि संक्रामक भाइरस नेपालमा समेत पुष्टि हुनुले भाइरसको फैलावट भयावह हुन सक्ने देखिन्छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा नागरिक आँफै गैरजिम्मेवार बन्दा भित्र–भित्रै संक्रमण उच्च भएको हुनसक्छ तर पीसीआर परिक्षणको दायरा फराकिलो नबन्दा संक्रमितको संख्या ३ अंकमा मात्रै छ । तर ३ अंकमा देखिएको संक्रमितको संख्या सहजै बढ्न सक्ने पुरानो अनुभवलाई भने नकार्न सकिँदैन । दैनिक लाखको हाराहारीमा भारतमा संक्रमित भेटिँदा सिमानाबाट खुलेआम हजारौँ नेपाल भित्रिरहेका छन् ।

नेपाल भित्रिएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण गराउने सम्म नगर्दा उनिहरुबाट नेपालमा संक्रमण फैलिने उच्च जोखिम छ । नयाँ प्रकारको कोरोना भाइरस बेलायत वा दक्षिण अफ्रिकामा बढि संक्रामक भएको खबर बाहिरिएको थियो । यता भारतमा पनि डबल म्यूटेन्ट भाइरस बढी संक्रामक रहेको भारतले जनाएको छ । सबै भाइरसहरू जस्तै, कोरोनाभाइरस एकबाट अर्को व्यक्तिमा जाँदा यसको स्वरुपहरुमा परिवर्तन हुनसक्छ । त्यसरी परिवर्तित भाइरसको स्वरुपका आधारमा कोरोनाको नयाँ प्रकारलाई नयाँ कोरोना भाइरस भनेर बुझ्न थालिएको छ । कहिलेकाँही भाइरसको स्वरुप परिवर्तन भएपनि भाइरसको व्यवहार गर्ने तरिकामा भने परिवर्तन नआउन सक्छ । तर ब्राजिल, बेलायत, भारतमा देखिएका नयाँ प्रकार बढि संक्रामक देखिएकाले नेपालमा समेत त्यहि प्रकृति र व्यवहारको भाइरसले संक्रमण उच्च बनाउन जोखिम छ ।

नयाँ प्रकारको कोरोनाले भारतमा तहल्का मच्चाइरहेको बेला, नेपालमा समेत उहि प्रकृतिको कोरोना पुष्टि हुँदा त्यसको नियन्त्रणका लागि सरकारले आवश्यक कदम चाल्न जरुरी छ ।

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top