×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बहालवाला कर्मचारीलाई विभेद गरिएको भन्दै सिंहदरबारभित्रै प्रदर्शन(फोटो फिचर)

२ बैशाख २०७८

२ वैशाख, काठमाडौं ।
बहालवाला कर्मचारीहरू सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका छन्।

निजामती सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने प्रावधान राखिएको भन्दै प्ले कार्ड बोकेर उनीहरू शान्तिपूर्ण प्रदर्शनमा गरेका हुन्।

निजामती सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गर्दै सेवा अवरुद्ध नहुने गरी आन्दोलन थालिएको हो।

निजामती कर्मचारी अब आन्तरिक प्रतिस्पर्धाबाट माथिल्लो पदमा जान नपाउने भएका छन्। यही साता संसद्मा पेस गरिएको निजामती कर्मचारी सेवासम्बन्धी विधेयकमा आन्तरिक प्रतिस्पर्धालाई हटाएर खुला प्रतिस्पर्धा र अन्तर तह प्रतियोगिताको प्रावधान राखिएको छ।

यसअघि उपसचिव र सहसचिवका रिक्तमध्ये आन्तरिक प्रतिस्पर्धाबाट २०–२० प्रतिशत पदपूर्ति हुँदै आएकामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यो व्यवस्था हटाउन सिफारिस गरिएको हो।

विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरी संसद्मा पेस गरेको हो । विधेयक अझै संशोधन हुने सम्भावना छ।

आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवाको व्यवस्था हटाएर कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवाको कोटा बनाइएको छ। विधेयकमा उपसचिव र सहसचिवमा १०–१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था गरिएको छ।

सहसचिवमा अन्तरतह प्रतियोगिताबाट १० र बढुवाबाट ८० तथा उपसचिवमा अन्तरतह प्रतियोगिताबाट २० र बढुवाबाट ७० प्रतिशत पदपूर्ति गरिने प्रावधान राखिएको छ।

हाल तल्लो पदमा सेवारत कर्मचारी माथिल्लो पदका लागि आन्तरिक प्रतिस्पर्धा गर्न पाउँछन्। तर, प्रस्तावित विधेयकले यो बाटो छेकिदिएको छ। यस्तो प्रावधानप्रति कर्मचारीहरू विरोधमा छन्। यसले आफूहरूको करिअर प्रभावित हुने उनीहरूको भनाइ छ।

यो प्रावधानले अधिकृतबाट भर्ना भएका कर्मचारी सहसचिव हुन करिब ५० वर्ष लाग्ने उनीहरूको भनाइ छ। तर, उनीहरूले खुलाबाट भने प्रतिस्पर्धा गर्न पाउनेछन्। खुला प्रतिस्पर्धाबाट माथिल्लो पदमा पुगेमा अघिल्लो पदको सेवा अवधि भने गणना हुनेछैन।

संसद् समितिले परिमार्जन गरेर अगाडि बढाएको यो विधेयकको कर्मचारीले विरोध गरिरहेका छन् । दुई वर्षसम्म समितिमा रोकिएको विधेयक २३ चैतमा संसद्मा पेस गरिएको थियो।

तल्लो तहमा पनि बढुवाका प्रावधान हेरफेर गरिएको छ। बढुवामा खरिदारका लागि १० प्रतिशत र नासुका लागि ५० प्रतिशत छुट्याइएको छ। नासुहरूले भने आफ्नो वृत्ति विकासमा असहयोग हुने गरी ऐन बन्न लागेको भन्दै नासु बचाउ अभियान नै सञ्चालन गरेका छन्।

समितिले शाखा अधिकृतमा खुला प्रतिस्पर्धाका लागि ८० तथा बढुवामा २० तथा नायब सुब्बामा ५०–५० प्रतिशतको व्यवस्था राखेको छ। यसैगरी, खरिदारमा खुलाबाट ९० प्रतिशतको व्यवस्था प्रस्ताव गरिएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top