Nepal Times
Nepal Times
3
Shares

आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा काठमाडौं एक नम्बर

आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा काठमाडौं एक नम्बर

२ वैशाख, काठमाडौं ।
काठमाडौंसहित नेपालका विभिन्न शहरमा वायु प्रदूषण अझै कायमै रहेको छ ।

काठमाडौंसहित धनगढी, भरतपुरलगायत ठाउँको वायु सबैभन्दा धेरै प्रदूषित देखिएको वातावरण विभागले जनाएको छ । यी क्षेत्रहरुको वायु प्रदूषण मापन गर्ने एक्यूआई २ सयभन्दा माथि छ ।

२ सयभन्दा माथि एक्यूआई हुनुलाई अति अस्वस्थकर अवस्था मानिन्छ । यस्तै विश्वभर प्रदूषित सहरहरुको तुलनामा नेपालको काठमाडौंमा सबैभन्दा धेरै प्रदूषण कायमै रहेको देखिएको छ ।

काठमाडौंको एक्यूआई १९४ मापन गरिएको छ । सबैभन्दा प्रदूषित सूचीमा भारतको नयाँ दिल्ली, चिनको वुहानलगायत रहेका छन् । भारतको नयाँ दिल्लीको एक्यूआई २ सयको हाराहारीमा रहेको छ ।

यसैबीच, प्रदूषण र कोरोना सङ्क्रमणको डर कायमै रहेकोले आवश्यक स्वास्थ्य सावधानी अपनाउन र मास्क लगाउन डाक्टरले सुझाव दिएका छन्।

मास्कले धेरै रोग र सङ्क्रमणबाट जोगाउने भएकाले अनिवार्य मास्क लगाएर मात्रै घरबाहिर निस्कन जनस्वास्थ्यविद्हरुको आग्रह छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.