NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

प्रकृतिको निर्मम प्रहार, गर्मी, डढेलोबाट कसरी बच्ने ?

मङ्लबार बैशाख ११ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
विराटनगरमा गर्मी बढ्दै,अाजकाे तापक्रम ३८ डिग्री सेल्सियस
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ वैशाख , विराटनगर ।

केही दिनदेखि देशभर गर्मी बढ्दो क्रममा छ । खासगरी तराई श्रेत्रमा । केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम बढीरहेको छ । लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भू–भाग र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका ठाँउहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।

तराई मधेशका जिल्लामा अझै केही दिन तातो हावा चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यस वर्ष नेपालमा औषत भन्दा बढी गर्मी हुनेछ । साथै बढी वर्षा हुने पूर्वानुमान रहेको विज्ञ उप्रेतीले बताए । नेपालमा वैशाख, जेठ र असारको महिनासम्म बढी गर्मी हुने र असारदेखि असोज सम्म औषत भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको छ ।

Advertisement

त्यस्तै सुख्खयायामका कारण आगलागीका घटना पनि बढ्दो क्रममा छ । जसले धेरै हदसम्म जलवायु परिवर्तनलाई बल दिएको छ । त्यसैको परिणाम स्वरुप केही दिन अघि गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्दा बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रमा बहाव बढेपछि बाढी आउन सक्ने चेतावनी जारी गर्नु पर्यो । मानविय हेल्चेक्राईँकै कारण निम्तिने समस्याहरुले मानिसलाई मात्र नभएर जनावरलाई पनि असर गरिहेको छ भने लाखौँ अरबौँको क्षति पनि पुर्याइरहेको छ।

यसैविच, आगामी ४ दिन (वैशाख १४ गते) सम्म तराईमा तातो हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न मौसमविद्ले तराईवासीलाई सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो ‘विशेष बुलेटिन’ जारी गरी विशेषगरी तराई क्षेत्रका नागरिकलाई वैशाख १४ गतेसम्म सजगता अपनाउन अनुरोध गरेको हो।

साथै काठमाडौँजस्ता उपत्यका तथा खोँच भएका स्थानमा पनि तापक्रम बढ्ने सम्भावना देखिएकाले सतर्कता अपनाउन भनिएको छ। काठमाडौँमा पनि बढ्यो गर्मी, तापक्रम ३४ डिग्री सेल्सियसम्म पुग्ने अनुमान बुलेटिनमा भनिएको छ । गर्मीका कारण बढ्दै गएको तातो हावाले मानिसको स्वास्थ्यमा विभिन्न असर पार्ने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तातो हावाका कारण छाला सुक्खा हुने, रातो हुने, आँखा पोल्ने, नाक सुख्खा हुने, हृदयको गति तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने जस्ता समस्या स्वास्थ्यमा देखिन सक्छन् । यस्तै गर्मीमा लामो समसयसम्म पानी नपिउँदा पछि मिर्गौला खराब हुन सक्छ । र, तातो तापक्रममा ‘एक्स्पोज’ हुने व्यक्तिहरूलाई छालाको क्यान्सरसमेत हुन सक्छ ।

यस्तो बेला दिउँसोको समयमा घर बहिर नस्कनु हुँदैन । निस्कनै परेमा सुतिको कपडा लगाएर, छाता बढेर, पानीको बोतल साथमा लिएर निस्कुनुपर्छ । त्यस्तै उनी खेतबारीमा काम गर्ने व्यक्तिहरूलाई बिहान साँझ मात्र खेतबारीमा काम गर्नुपर्छ । चिसो पानीले नुहाउने, छहारीमा बस्ने गर्नुपर्छ । पानी तथा फलफूलको जुस प्रशस्त मात्रामा पिउनुपर्छ । तातो हावाले सबैलाई असर गर्छ । तर, यो समयमा बालबालिकाको विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

यसैविच, नेपालमा बढिरहेको गर्मीसँगै ‘लू’ को जोखिमसँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने विज्ञले सुझाव दिएका छन् । नेपालमा ‘लू’ को अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्नुपर्ने विज्ञले सुझाव दिएका हुन् । यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्वतयारीको काम अहिलेदेखि नै शुरु गर्न सरकारसँग उनीहरूले आग्रह गरेका छन् ।

सरकारले ‘लू’ बाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताए । उनले राष्ट्रिय रूपमा ‘लू’ आएको अवस्थामा अत्यधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहर÷गाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजनाहरू बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा जोड दिए ।

धेरै देशहरूले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा. उप्रेतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशु स्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई मध्यनजर गरी ’हिट एक्शन प्लान’ बनाउन जरुरी रहेको बताए ।उता तापक्रम बढ्नुमा आगलागीका घटनाहरु बढ्नु पनि मुख्य कारण रहेको छ । गत शनिवार एकैदिन देशका तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको थियो ।

वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार शनिवार एकैदिन तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको बताएके थियो । नेपालमा पछिल्लो एक सातामा ३८ जिल्लामा डढेलोका घटना घटेका छन् । हिजो मात्रै १६ वटा स्थानमा आगलागीका घटना भएका छन् । उता, बागलुङमा फागुन यता मात्रै ३८ वटा वनमा आगलागी भएको छ । जसमध्ये १५ वनको अझै नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बागलुङले जानकारी दिएको छ ।

ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जंगल रित्तिएका छन् । आगलागीले वन्यजन्तु पनि तितरवितर बनेका छन् । आगलागीका कारण त्यहाँ हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिइन् ।

केसीका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ । ्उनका अनुसार हालसम्म १ हजार दुई सय हेक्टरभन्दा बढी जंगलमा आगलागी भएको छ । यस्तै म्याग्दीमा ११० भन्दा बढी वनमा डढेलो लागेको छ। लामो खडेरी र जथाभाबी आगजनीले वनजंगल सखाप पार्न थालेको हो। पछिल्लो एक सातामा जिल्लामा दिनहुँ डढेलोको घटना बढेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

स्वास्थ्य संस्थामा डढेलोकै कारण आँखा, श्वासप्रश्वास, छाला चिलाउनेलगायत समस्याका बिरामी बढेका छन्। केही दिन अघि मात्रै अर्घाखाँची र गुल्मीमा वनमा लागेको डढेलो वस्तीमा पस्दा एक सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्। सामुदायिक वनमा लागेको डढेलो वस्तीमा फैलिएपछि गुल्मीमा २० घर २१ गोठ पूर्ण रूपमा ध्वस्त भएको र अर्घाखाँचीमा ४० घर र ४६ गोठ पूर्ण रूपमा नष्ट भएका छन् ।

केही दिन अघि मात्रै पनि आगो निभाउने क्रममा जलेर स्याङ्जाको बिरूवाकि ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही बस्ने ७० वर्षीय वीरबहादुर बोटेको मृत्यु भएको थियो । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गहुँबालीमा आगलागी हुँदा झण्डै १० बिघा जमिनमा लगाएको गहुँ नष्ट भएको थियो ।

केही दिन अघि मात्रै वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयले सिसी क्यामेरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामेरा राख्न सुरु गरिएको हो । चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरुको भनाइ छ ।

सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरुको सुझाव दिएसँगै सिसी क्यामेरा जडान थालिएको हो। मानिसले जङ्गलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ। राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

डढेलोका कारण देशभरको वायु प्रदुषण पनि बढेको छ । हावा अवस्थकर बन्दा विभिन्न स्वासप्रस्वास सक्बन्धि रोग लाग्ने क्रम बढिरहेको छ । कतिपय ठाउँमा डढेलो बस्तीमा पुगेको छ । हावाहुरीका कारण डढेलो तिब्र गतिमा फैलिएको छ । दक्ष जनशक्तिको अभाव र आधुनिक उपकरण नहुँदा नेपालमा डढेलो निभाउन समस्या हुने गरेको छ । स्थानीयबासिन्दा र सुरक्षाकर्मीले डढेलो बस्तीमा पस्नबाट जोगाउने प्रयास गरे पनि डढेलो निभाउन कठिन छ ।

आगलागीले लाखौँको धनमाल, घरजग्गा, अन्नबाली नष्ट हुँदा सरकारको ध्यान भने आगलागी नियन्त्रणमा देखिएको छैन । पछिल्लो समय बढ्दो क्रममा रहेको आगलागीका घटना नियन्त्रण गर्न के गर्नुपर्छ होला ? कतिपय आगलागीका घटनाहरु मानव सिर्जित पनि हुने गरेकाले त्यसले निम्त्यिाउने डढेलो र प्रकृतिको विनासलाई कसरी रोक्न सकिन्छ ? विश्वभर रुखहरुको विनासले स्वस्थ्कर हावाको विनास, वायु प्रदूषण, विभिन्न रोग, जलवायु परिवर्तन, बढ्दो सुख्खापन, आगलागीसँगसँगै बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिका घटना बढ्दो क्रममा छ ।

अहिले सचेत नभए कहिले हुने ? यसबारे तपाईँको प्रतिक्रिया के छन् अवश्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #गर्मी#नेपाल टाइम्स् ट्रेडिंग#प्रकृतिको निर्मम प्रहारडढेलोबाट कसरी बच्ने ?

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.