×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

१६ असार २०८२

१६ असार, काठमाडौं ।

विसं २०७७ माघ २८ गते बुधबारका दिन मध्यान्हको समय । भृकुटीमण्डप जाने मुखैको बाटोमा पूर्व फर्किएको मञ्च सजिएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई तिहाई नजिकको बहुमतसहित सरकारमा थियो ।

Advertisement
Advertisement

नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) ले २०७४ को चुनावमा गठबन्धन गरी झण्डै दुई तिहाईको मत हासिल गरे । त्यसबाट हौसिएर २०७५ जेठ ३ गते पार्टी एकता भएको थिए ।

नेकपाको तर्फबाट सरकार प्रमुख र पार्टीको एक अध्यक्ष केपी शर्मा ओली नै थिए । पार्टीमा दुई अध्यक्षको व्यवस्था गरिएकाले नेकपाको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए ।

पार्टीभित्र अन्र्तसंघर्षको रुप सतहमै आयो । एउटा समूहलाई ओलीले नेतृत्व गरेका थिए भने अर्को समूहको नेतृत्व प्रचण्ड र हाल नेकपा (एस)का अध्यक्ष माधब कुमार नेपालले गरेका थिए ।

२०७७ माघ २८ को त्यो मञ्च २०७७ पुस ५ गते आइतबार तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक संसद विघटन गरेको विरुद्धमा आयोजित सभाका लागि तयार थियो ।

भाषणका लागि उद्घोषकले रामकुमारी झाँक्रीलाई निम्तिाइन् । कालो कुर्था सुरुवाल, कालो ज्याकेटमा सजिएकी रामकुमारी झाँक्री कालो टेपको क्रश चिन्ह बनाई मुख टालेर भाषण गर्न मञ्चमा उभिइन् ।

जब झाँक्री मञ्चमा उभिइन्, जनमानसको ठूलो हुटिङ्गसँगै ताली गुञ्जियो । बोल्नु अघि उनले कालो ज्याकेट झिकेर फ्याँकिन । त्यस लगत्तै मुखमा टालेको कालो टेप निकाल्दै मुख खोलेर भनिन्– ‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ ।  नागरिकको मुखमा टेप टाँसिएको छैन् । सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ । संविधानको चिरहरण गर्ने विरुद्ध बोल्न पाइन्छ ।’

ओली नेतृत्व मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गरेपछि तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी थिइन । झाँक्रीले राष्ट्रपतिप्रति पनि आक्रोश व्यक्त गर्दै भनेकी थिइन्– ‘यो राष्ट्रपति सम्माननीय संस्था हो । हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शिरमाथिको संस्था हो । तर त्यो संस्थाका विरुद्ध बोल्ने दुस्साहस मैले गरेको छैन । त्यो संस्था निरंकुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्न पाइन्छ ।’

त्यसको अघिल्लो दिन मात्रै गोरखामा आयोजित एक कार्यक्रममा झाक्रीले विद्या भण्डारीप्रति सेतो साडीको विषय उठाउँदै महिला अस्मितासँग जोडेर गम्भिर टिप्पणी गरेकी थिइन । ती भाषणले त्यतिबेला तरंग उत्पन्न गराएको थियो ।

ओली समूहप्रति रामकुमारी बेस्सरी आक्रोशित थिइन उतिबेला । पछि सर्वोच्चले २०७७ फागुन २३ गते नेकपा खारेजको फैसला गरेपछि नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र)का आ–आफ्नै दल ब्युँतिएर २०७५ जेठ २ गतेकै स्थानमा पुगे ।

ब्युँतिएको एमालेको नेतृत्व ओलीले गरे भने माओवादी–केन्द्रको नेतृत्व प्रचण्डले नै गरे । एमालेबाट विभाजित भएर माधव कुमार नेपालको नेतृत्वमा २०७८ भदौ २ गते नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको थियो ।

त्यहीबेला झाँक्रीले अध्यक्ष नेपालको हात समाएर आयोगमा दल दर्ता गर्न गइकी थिइन । नेपालको हात समाएको तस्विर र भिडियोको त्यतिबेला पनि चर्चामा थियो ।

२०७७ ताका ‘बोल्न पाइन्छ’ भन्ने झाँक्री शनिबार बुटवलमा आफ्नै नेतृत्वको विरुद्धमा बोलेपछि फेरि पार्टीले कसैलाई नबोल्न भनेर आइतबार विज्ञप्ति नै जारी गरेको छ ।

शनिबार झाँक्रीले अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा मुद्दा चलेपछि नयाँ नेतृत्वका लागि अर्लि महाधिवेशनको माग गरेकी थिइन ।

अध्यक्ष नेपाल लगायतका नेताहरूलाईविभिन्न विषयमा मुद्दा लागेकाले उनीहरूप्रति इंगित गर्दै झाँक्रीले ‘मरेको सिनोलाई काँधमा बोकेर हिड्न नसक्ने’ बताएकी थिइन् ।

झाँक्रीको भिडियो आइतबार सार्वजनिक भएपछि पार्टीभित्र हलचल मच्चिएको थियो । युवा नेताहरूले झाँक्रीको सार्वजनिक रुपमै आलोचना गरेका थिए ।

झाँक्रीले अध्यक्ष नेपालविरुद्ध मुख खोलेपछि पार्टीभित्र असहज परिस्थिति सृजना भएको छ भन्ने पुष्टि आइतबार महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिबाट हुन्छ ।

‘पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरुको ध्यानाकर्षण गर्दछ । साथै, पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बाहनामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ’, भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

२०७७ सालताका ओलीको विरोध गर्दै ‘बोल्न पाइन्छ’ भन्ने झाँक्रीलाई यतिबेला फेरि नेपालको विरोध गरेकै कारण पार्टीले ‘नबोल’ भन्ने निर्देशन दिनु उनको राजनीतिक यात्राको एउटा संयोग मात्रै नहुन सक्छ ।

विद्यार्थी राजनीतिबाट उदाएकी झाँक्री एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वअध्यक्ष समेत हुन् । विद्यार्थी पूर्वअध्यक्षबाट पछिल्लो पटक मन्त्री बन्न सफल भएकी एक पात्र पनि हुन झाँक्री ।

गुल्मी क्षेत्र नम्बर २ बाट २०७९ को संघीय चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रेकी झाँक्री एमालेका सचिव गोकर्ण विष्टसँग पराजित बनिन् ।

प्रष्ट विचार, सरदर महिला भन्दा अग्ला कदकी झाँक्री एमाले हुँदैदेखि नयाँ पुस्ताको मन जित्न सक्ने एक विद्रोही स्वभावकी नेतृ हुन् । महाकाली सन्धिको कट्टर विरोधी झाँक्री वामदेब गौतमले २०५४ मा पार्टी विभाजन गर्दा उनी माले बनिन् ।

पछि माले पुनः एमालेमै फर्किएपछि झाँक्रीले विद्यार्थी संगठनको अध्यक्षमा चुनाव जितिन । एमाले विद्यार्थी संगठनको झाँक्री पहिलो महिला र मगर समुदायबाट अध्यक्ष बनेर इतिहास रचिन ।

लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा उत्साहका साथ होमिएकी झाँक्री वामपन्थी युवा, विद्यार्थी र नयाँ पुस्ताका लागि २०६२÷६३ मा ‘आइकन’ थिइन् । आन्दोलन नेतृत्वकै बेला रत्नपार्कमा झाँक्रीलाई प्रहरीले टाउकोमा लाठ्ठी हानिदियो ।

प्रहरीको लाठ्ठीको चोटबाट झाँक्रीको जिउभरी रगताम्यै भएको तस्विर गणतन्त्रमा आन्दोलनकर्मीका लागि प्रतीक जस्तै मानिन्थ्यो।

विद्यार्थी राजनीतिबाट आएकीले अलिक हल्लाखल्ला, ड्याङडुङतिर लहसिने स्वभावकी झाँक्री आफ्नो विचार प्रष्ट राख्ने भएकीले बेलाबेला आलोचित बन्छिन् ।

एमालेमा दुई–दुई पटक विद्रोह गरिसकेकी झाँक्रीले नेकपा (एस)कै बृत्तबाट गत महाधिवेशनबाट एमालेमा जान लागेको भनि आलोचना खेपिरहेकी छन् ।

‘बोल्न पाइन्छ’ भनेर ओली छोडेर नेपालतिर लागेकी झाँक्रीलाई अहिले पार्टीले फेरि ‘नबोल’ भनेर विज्ञप्ति नै जारी गरेको छ । ‘पार्टीमा संकट आएकाले त्यसको विकल्प अर्लि महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरौं’ भन्ने आफ्नो प्रस्ताव अघि सारेको झाँक्रीले आइतबार नेपालटाइम्ससँग बताइकी छन् ।

पार्टीले नबोल भनेपछि अब उनको बहसले कत्तिको सार्थकता पाउँछ, त्यो भने हेर्न बाँकी छ । अर्काेतर्फ विद्रोही स्वभाव भएकी उनले फेरि ‘बोल्न पाइन्छ’ भन्न सक्लिन् वा पार्टीले दिएको निर्देशन बमोजिम ‘चुपचाप’ बस्छिन् , त्यो झाँक्रीको गतिबिधिले नै निर्धारण गर्नेछ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top