×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

१६ असार २०८२
 १६ असार , काठमाण्डौ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका लगायत सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
वर्षापछि धनगढीको मुख्य सडक क्षेत्र, रातोपुल, हसनपुर, शिवनगर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेका छन् । विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन् ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको सङ्केत नै जारी गरेको हो ।
उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ । वडा नम्बर ८ को शिक्षानगर डुबानको चपेटामा छ ।
घरभित्र पानी पसेपछि अन्नपातदेखि सबै सामानहरुमा ठुलो नोक्सानी भएको छ । स्थानीयहरुको लाखौँ क्षति भइसकेको छ । उता धनगढी–१२ पनि पुरै डुबानमा छ । बजारको मुख्य सडक पनि डुबानमा छ ।
सुरक्षाकर्मीले उद्धारको काम गरिरहेका छन् । कञ्चनपुरको कृष्णपुर, बेलौरीमा पनि डुबान छ । सुदूरपश्चिमका तराईका जिल्लामा डुबानमा परेका छन् । पहाडी जिल्लामा पनि वर्षा जारी छ ।
सेती नदिमा पानीको वहाव बढेपछि बैतडीको सिगास –५ ढुङ्गाढका स्थानीय त्रसित छन्। खोला तथा नदीहरुमा पानीको बहाव बढेपछि डुबान भएको छ । अहिलेसम्म ठुलो क्षतिको घटना भने नआएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ।
विपदको समयमा सावधानी र सुरक्षा अपनाउन प्रशासन सबैलाई आग्रह गरेको छ । सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो २४ घण्टामा बेलौरीको शान्तिपुरमा २६४.६ मिलिमिटर र कृष्णपुरमा १८४ मिलिमिटर वर्षा मापन भएको छ । महाकाली, मोहना, मछेली, दोदा, स्याली, चौधर लगायत नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ ।
विभागले नदी तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले पनि नदी र खोलानालाको सतह सतर्कता तह पार गर्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।
देशभर मनसुनी वायूको प्रभाव कायम रहँदा सुदूरपश्चिम प्रदेशमा अझै केही घण्टा निरन्तर वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
बाढी, डुबान र भू–क्षयको जोखिम उच्च रहेकाले स्थानीय प्रशासन र मौसम विभागले सतर्कता अपनाउन आह्वान गरेका छन् ।
कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मंगलबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा भएको जनाएको थियो ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top