×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

रंगेलीमा पुनः मतदानको माग, कांग्रेसका कारण मतगणना रोकियो

१ जेष्ठ २०७९

१ जेष्ठ , रंगेली। मोरङको रंगेली नगरपालिकामा शनिबार राति ११ बजेदेखि स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन ।

एमालेबाहेकका दलले मतगणनाका क्रममा हुलहुज्जत भएको भन्दै गणना प्रक्रियामा असहमति जनाएका हुन् ।

Advertisement
Advertisement

राति कांग्रेससहितका दलले मतगणना प्रक्रियामा स्वतन्त्र उमेदवारको नाममा धेरै प्रतिनिधि राख्ने कार्य गरिएको भन्दै विरोध जनाएका थिए ।

गठबन्धन दलले निर्वाचन अधिकृत फेर्नेदेखि पुनः निर्वाचन गर्नेसम्मको माग गर्न थालेपछि रंगेलीमा झन् विवाद चर्किएको छ ।

नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार मोदराज घिमिरेले सर्वदलीय छलफल गरेर गणना अघि बढाउन निर्वाचन आयोगले आग्रह गरेको बताउँदै निर्वाचन आयोगबाट निवेदन दर्ता गराउन भनिएकोले सोहीअनुरुप गर्न एमालेबाहेकका दलले छलफल गरिएको बताएका छन् ।

नेकपा एमालेबाट मेयर पदका उमेदवार दिलिप बडडियाले आफूहरुको एकमात्र माग मतगणना सूचारु गर्नु भन्ने रहेको बताउँदै गठबन्धनका उमेदवारले हार्ने प्रस्ट भएपछि राति नै होहल्ला गरी मतगणना बन्द गराइएको बताएका छन् ।

बगडियाले रंगेली नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतपेटिका खोलेर गणना भइरहेको अवस्थामा गठबन्धनको पकड बलियो भएको क्षेत्रमै कमजोर देखिएपछि मतगणना नहुन दिने षडयन्त्र भएको दाबी गरे ।

रंगेलीको दक्षिणी भेगका वडाहरु ४, ५, ६ र ७ मा अझ धेरै आफ्नो मत आउने बताए । बगडिया नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरी मेयरमा उठेका हुन् ।

उनी यसअघि माओेवादीबाट निर्वाचित भएका थिए । रंगेलीमा गए राति ११ बजे मतगणनास्थल रंगेलीको क्याम्पसमा गठबन्धन दलले विरोध प्रदर्शन गरेका थिए ।

त्यस क्रममा स्थानीय पत्रकार रविन्द्र बरालमाथि हातपात भएको थियो । यस घटनाको नेपाल पत्रकार महासंघ मोरङले विज्ञप्ति प्रकासित गरी निन्दा गरेको छ ।

यता निर्वाचन अधिकृत रामहरि काफ्लेले भने नेपाली कांग्रेसका तर्फबाट पुन निर्वाचन गराउनका लागि पत्र आएको बताउदै आफूले सर्वदलीय बैठक गरेर सहमतिको प्रयास गरेपनि सहमति नजुटेपछि निर्वाचन आयोगमा पत्र पठाएको बताएका छन् ।

उनले आयोगले निर्देशन दिएपछि मात्रै गणना सुरु गर्ने वा अर्काे कमद चाल्ने निर्णय हुने बताए । अधिकृत काफ्लेले कांग्रेसले भने जस्तो मत मतपेटिका खुलेको वा गणनाका क्रममा कुनै समस्या नभएको बताए ।

बाहिरी रुपमा काग्रेसका प्रतिनिधीबाट समस्या सृजना गरिएको र यसको अन्तिम निर्णय अब आयोगले गर्ने उनले बताए ।

हालसम्मको मतगणनामा एमालेबाट मेयरका उम्मेदवार दिलिप बगडीया प्रतिष्पर्धी भन्दा ५६४ मतान्तरले अगाडी छन् ।

३१३२ मत गणना हुँदा बगडीयाले १६३१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मोदराज घिमिरेले १०६७ मत ल्याएका छन् ।

Advertisement

उपमेयरमा पनि एमालेकै भूमा पराजुली झण्डै चार गुण मतान्तरले अगाडी छिन् । उनका निकटतम प्रतिद्वन्धी गठबन्धनका उम्मेदवार जसपाका पन्नालाल मण्डलले ४२२ मत मात्र प्राप्त गरेको जनाइएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top