×

NEPAL TIMES UPDATES

Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026

सोच्नै पर्ने कुरा, खोज्नै पर्ने उत्तर, किन विदेशिन्छन् नेपाली ?

७ आश्विन २०७९

नेपालीका लागि रोजगारीको विकल्पिहीन गन्तब्य बनेको बैदेशिक रोजगारीमा जाने युवाको संख्या दोब्बरले बढेको छ । चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङले देखाएको छ । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् भने गएको आर्थिक वर्ष २०७८÷७९ को भदौ महिनामा भने जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । यो तथ्याङले सबै नेपालीको मनमा प्रश्न उब्जाउँछ, कि नेपाली आखिर किन विदेशिन्छन् ? अनि जवाफ पनि हरेक नेपाली आफै पहिल्याउँछन् कि यो हाम्रो नियति नै भईसकेको छ । वैदेशिक रोजगारी हाम्रो विकल्पहीन एकमात्रै रोजगारीको अवसर भएको छ । नेपालमा अवसर कम भएकाले नै युवाहरु भारतपछि तेस्रो मुलुक जान बाध्य छन् ।तर अवसर खोज्दै तेस्रो मुलुक गएका नेपालीले काम र कार्यसम्पादनको धेरै अनुभव हासिल गरेकोमा हामी खुसी हुनुपर्छ ।सँगसँगै उनीहरुले पसिना बगाएर पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको हामीले विर्सिन हुँदैन् । हरेक वर्ष १० प्रतिशत नेपाली नेपाल फर्कने र आफूले सिकेको सीपलाई नेपाल निर्माणमा प्रयोग गर्ने गरेका छन् । मलाई उनीहरूमा गर्व छ। मलाई पनि गर्व छ तेश्रो देशमा बसोबास गर्ने नेपालीमा तर सधैं सोच्ने र आत्मीय नेपाली हुनुमा कि उनीहरुलाई नेपाली भनेर चिनिन्छ । उनीहरुले नेपालका राम्रा कुराहरु, सुन्दर ठाउँहरु विश्वमाफ फैलाइरहेका छन् र नेपाल हेर्ने जिज्ञासाका साथ धेरै मानिसहरु नेपाल घुमिरहेका छन् । विदेशीने आप्रवासी नेपालीहरुको माध्यामबाट पनि देशको पर्यटन क्षेत्रमा अतुलनीय योजदान पुगेको छ । दोष लगाउन सजिलो छ तर उनीहरु तेस्रो देश किन जानुप¥यो भन्ने हामीले बुझ्नुपर्छ । हो, साँच्चै भन्ने हो भने अब संसार सानो भइसकेको छ । र सबै जहाँ जान पनि स्वतन्त्र छन् । किनभने त्यहाँ जीवन सुरक्षित छ। उनीहरू तेस्रो मुलुकमा आफूलाई स्थापित गर्न निकै मिहिनेत गरिरहेका छन् र त्यो वातावरण त्यहाँ छ । त्याहाको नेतृत्वले त्यस्तो अवसर प्रदान गर्न सकेको छ । तर हामी यहाँ नेपाल बसेका आफ्ना बुढा आमाबुवालाई छोरा, छोरी र आफन्त विना बुढेसकालमा नेपाल बसेको देख्दा मन कुडिने गर्दछ । म महसुस गर्न सक्छु कि यो पिन पोइन्ट हो । जसले तिनीहरूलाई सधैं पिन गरिरहनु पर्छ जो तेस्रो देशमा गएका छन्। पछिल्लो समय मैले अस्ट्रियामा ३० वर्ष बसेको नयाँ साथी भेटेँ । उनले भलाई सुनाए म मेरो बाँकी जीवन नेपालमा बस्न चाहन्छु किनभने तेस्रो देशमा उनीहरूसँग बोल्ने कोही छैनन् । छोरा र छोरी आफ्नो काममा व्यस्त छन् किनभने उनीहरूले आफ्नो जीवनमा उभिनको लागि त्यहाँ लड्नु पर्छ। ५०÷५५ डिग्री तापक्रममा आफ्नो परिवारको राम्रो जीवनयापनका लागि अरबमा १६÷१८ घण्टा काम गर्ने हजारौं नेपाली दाजुभाइ तथा दिदीबहिनी छन् । उनीहरु एक्लै बस्दै आएका छन् र उनीहरुको परिवार नेपालमा छ । देश र परिवारका लागि रातो दिन मरुभूमिमा आफूलाई खियाईरहेका छन् । परिवारका सदस्यहरू यहाँ पर्खिरहेका छन् र एक एक दिन गणना गरिरहेका छन्। कि मेरो पति, मेरो बाबा, मेरो छोरा कहिले सधैंका लागि मेरो साथमा रहने गरी स्वदेश फर्किएर आउनेछ । तेश्रो देशमा काम गर्ने तर सधैं नेपालको समाचार सोच्ने र हेर्ने सबैलाई म सद्भाव गर्दछु। नेपालको प्रगति र शुभ समाचारको पर्खाइमा हामी सबै रहेका छौं । तर त्यो कहिले आउँछ ? कसरी आउँछ ? के गरेपछि आउँछ सबै, सबै यही प्रश्नको जवाफ खोजिरहेका रहेका छन् ।

Advertisement

अरुण राठी
उद्योगी

Advertisement
Advertisement

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top