Nepal Times
Nepal Times
3
Shares

सोच्नै पर्ने कुरा, खोज्नै पर्ने उत्तर, किन विदेशिन्छन् नेपाली ?

सोच्नै पर्ने कुरा, खोज्नै पर्ने उत्तर, किन विदेशिन्छन् नेपाली ?

नेपालीका लागि रोजगारीको विकल्पिहीन गन्तब्य बनेको बैदेशिक रोजगारीमा जाने युवाको संख्या दोब्बरले बढेको छ । चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङले देखाएको छ । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् भने गएको आर्थिक वर्ष २०७८÷७९ को भदौ महिनामा भने जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । यो तथ्याङले सबै नेपालीको मनमा प्रश्न उब्जाउँछ, कि नेपाली आखिर किन विदेशिन्छन् ? अनि जवाफ पनि हरेक नेपाली आफै पहिल्याउँछन् कि यो हाम्रो नियति नै भईसकेको छ । वैदेशिक रोजगारी हाम्रो विकल्पहीन एकमात्रै रोजगारीको अवसर भएको छ । नेपालमा अवसर कम भएकाले नै युवाहरु भारतपछि तेस्रो मुलुक जान बाध्य छन् ।तर अवसर खोज्दै तेस्रो मुलुक गएका नेपालीले काम र कार्यसम्पादनको धेरै अनुभव हासिल गरेकोमा हामी खुसी हुनुपर्छ ।सँगसँगै उनीहरुले पसिना बगाएर पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको हामीले विर्सिन हुँदैन् । हरेक वर्ष १० प्रतिशत नेपाली नेपाल फर्कने र आफूले सिकेको सीपलाई नेपाल निर्माणमा प्रयोग गर्ने गरेका छन् । मलाई उनीहरूमा गर्व छ। मलाई पनि गर्व छ तेश्रो देशमा बसोबास गर्ने नेपालीमा तर सधैं सोच्ने र आत्मीय नेपाली हुनुमा कि उनीहरुलाई नेपाली भनेर चिनिन्छ । उनीहरुले नेपालका राम्रा कुराहरु, सुन्दर ठाउँहरु विश्वमाफ फैलाइरहेका छन् र नेपाल हेर्ने जिज्ञासाका साथ धेरै मानिसहरु नेपाल घुमिरहेका छन् । विदेशीने आप्रवासी नेपालीहरुको माध्यामबाट पनि देशको पर्यटन क्षेत्रमा अतुलनीय योजदान पुगेको छ । दोष लगाउन सजिलो छ तर उनीहरु तेस्रो देश किन जानुप¥यो भन्ने हामीले बुझ्नुपर्छ । हो, साँच्चै भन्ने हो भने अब संसार सानो भइसकेको छ । र सबै जहाँ जान पनि स्वतन्त्र छन् । किनभने त्यहाँ जीवन सुरक्षित छ। उनीहरू तेस्रो मुलुकमा आफूलाई स्थापित गर्न निकै मिहिनेत गरिरहेका छन् र त्यो वातावरण त्यहाँ छ । त्याहाको नेतृत्वले त्यस्तो अवसर प्रदान गर्न सकेको छ । तर हामी यहाँ नेपाल बसेका आफ्ना बुढा आमाबुवालाई छोरा, छोरी र आफन्त विना बुढेसकालमा नेपाल बसेको देख्दा मन कुडिने गर्दछ । म महसुस गर्न सक्छु कि यो पिन पोइन्ट हो । जसले तिनीहरूलाई सधैं पिन गरिरहनु पर्छ जो तेस्रो देशमा गएका छन्। पछिल्लो समय मैले अस्ट्रियामा ३० वर्ष बसेको नयाँ साथी भेटेँ । उनले भलाई सुनाए म मेरो बाँकी जीवन नेपालमा बस्न चाहन्छु किनभने तेस्रो देशमा उनीहरूसँग बोल्ने कोही छैनन् । छोरा र छोरी आफ्नो काममा व्यस्त छन् किनभने उनीहरूले आफ्नो जीवनमा उभिनको लागि त्यहाँ लड्नु पर्छ। ५०÷५५ डिग्री तापक्रममा आफ्नो परिवारको राम्रो जीवनयापनका लागि अरबमा १६÷१८ घण्टा काम गर्ने हजारौं नेपाली दाजुभाइ तथा दिदीबहिनी छन् । उनीहरु एक्लै बस्दै आएका छन् र उनीहरुको परिवार नेपालमा छ । देश र परिवारका लागि रातो दिन मरुभूमिमा आफूलाई खियाईरहेका छन् । परिवारका सदस्यहरू यहाँ पर्खिरहेका छन् र एक एक दिन गणना गरिरहेका छन्। कि मेरो पति, मेरो बाबा, मेरो छोरा कहिले सधैंका लागि मेरो साथमा रहने गरी स्वदेश फर्किएर आउनेछ । तेश्रो देशमा काम गर्ने तर सधैं नेपालको समाचार सोच्ने र हेर्ने सबैलाई म सद्भाव गर्दछु। नेपालको प्रगति र शुभ समाचारको पर्खाइमा हामी सबै रहेका छौं । तर त्यो कहिले आउँछ ? कसरी आउँछ ? के गरेपछि आउँछ सबै, सबै यही प्रश्नको जवाफ खोजिरहेका रहेका छन् ।

अरुण राठी
उद्योगी

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.