×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भगत हत्याकाण्डमा संलग्न ६ जना पक्राउ, सामान्य भनाभनमै छुरा प्रहार !

८ कार्तिक २०७५

विराटनगर, कात्तिक ८
विजयादशमीको दिन विराटनगरमा भएको हत्याकाण्डमा संलग्न अभियुक्त पक्राउ परेका छन् । गएको असोज २ गते दशैंको मेला घुम्ने क्रममा हत्या गरिएका विराटनगरका १४ का राहुल भगतको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

सो प्रक्ररणमा संलग्न ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ गरिएकामध्ये विराटनगर ११ का १८ बर्षिय कुहिरा भन्ने बिशाल सहनीलाई सार्वजनिक गरेको छ ।

अन्य ५ जना अभियुक्तहरुलाई भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरु १६ बर्षदेखि १८ बर्ष उमेर समूहका रहेकाले सार्वजनिक नगरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

मेला घुम्न गएका साथीहरुबीच सामान्य भनाभन र झगडा भएकै आधारमा अभियुक्तहरुले घेराहाली मृतक भगतलाई छुरा प्रहार गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुलेको उनले जानकारी दिए ।

मृतक राहुल भगत

पक्राउ गरिएका बिरुद्ध कर्तब्य ज्यान मुद्दाअन्र्तगत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस् :

विराटनगरमा संसाझै हत्या

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top